ब्याटमा लोगो, क्यानमा टोली: क्रिकेटमार्फत बजार जोड्दै एक्स्ट्रिम
काठमाण्डौ । खेलाडीको हातमा रहेको ब्याटमा आफ्नो लोगो राख्ने, समर्थकको हातमा पुग्ने पेयपदार्थको क्यानमा क्रिकेट टोलीको पहिचान झल्काउने। एक्स्ट्रिम इनर्जी ड्रिंकले यी दुई माध्यमलाई जोड्दै क्रिकेटमार्फत ब्रान्ड प्रवर्द्धन गर्ने रणनीति अघि बढाएको छ।नेपाली क्रिकेटका नौ खेलाडीलाई ‘टिम एक्स्ट्रिम’मा आबद्ध गरेको कम्पनीले नेपाल प्रिमियर लिग (एनपीएल)का छ टोलीलाई समेटिएका...

