शनिबार, बैशाख १९,२०८३ 11:31:28
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 11:31:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एक्सट्रिम इनर्जी ड्रिंकको ‘टिकटक क्याम्पेन’ सार्वजनिक, विजेतालाई IPL हेर्ने अवसर

Bizshala
एक्सट्रिम इनर्जी ड्रिंकको ‘टिकटक क्याम्पेन’ सार्वजनिक, विजेतालाई IPL हेर्ने अवसर
Shivam Cement

काठमाण्डौ । नेपालकै लोकप्रिय इनर्जी ड्रिंक ब्रान्ड एक्सट्रिम इनर्जी ड्रिंकले ‘वाटरले पुग्दैन है, एक्सट्रिम नै चाहिन्छ’ नारासहित नयाँ टिकटक क्याम्पेन सार्वजनिक गरेको छ।

कम्पनीले आफ्ना उपभोक्तालाई लक्षित गर्दै सुरु गरेको उक्त क्याम्पेनमार्फत सहभागीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

क्याम्पेन अन्तर्गत सहभागीहरूले कम्पनीको आधिकारिक टिकटक अकाउन्टमा उपलब्ध गीत प्रयोग गरेर भिडियो बनाइ टिकटकमा पोस्ट गर्नुपर्नेछ। पोस्ट गर्दा  #XtremeEnergyDrink ह्यासट्याग अनिवार्य प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ।

क्याम्पेनमा सहभागीहरूमध्ये प्रत्येक दिन एक जना विजेता छनोट गरिनेछ। ती विजेताहरूलाई कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण हुने IPL प्रि–म्याच कार्यक्रममा सहभागी गराइने व्यवस्था गरिएको छ।

यसैगरी, दैनिक विजेतामध्येबाट प्रत्येक हप्ता एक जना भाग्यशाली विजेतालाई भारतमा आयोजना भइरहेको IPL क्रिकेट प्रतियोगिता प्रत्यक्ष हेर्ने अवसर प्रदान गरिनेछ। विजेताले ४ दिनको भ्रमण प्याकेजसहित उक्त अवसर पाउने कम्पनीले जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

कम्पनीका अनुसार यस अभियानमार्फत खेलकुद र मनोरञ्जनलाई जोड्दै उपभोक्तालाई विशेष अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।

क्याम्पेनसम्बन्धी थप जानकारी एक्सट्रिम इनर्जी ड्रिंकको आधिकारिक फेसबुक पेजमार्फत उपलब्ध हुने जनाइएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.