काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ।
खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई विशेष सम्मान गर्ने उद्देश्यले कम्पनीले यस्तो पहल सुरु गरेको जनाएको छ।
आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ। एक्स्ट्रिम प्रायोजित टोलीका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ। एक्स्ट्रिम प्रायोजित दुई टोली आमनेसामने हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले उक्त सम्मान पाउनेछन्।
चाँदीको बल पुरस्कार एनपीएलको पहिलो खेलबाटै सुरु भइसकेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल यो सम्मान प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्।
कम्पनीले यस पहलले खेलाडीमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना जगाउनुका साथै एनपीएलको रोमाञ्च र नेपाली क्रिकेटप्रतिको आकर्षण अझ बढाउने विश्वास लिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।