Bizshala
  • बिहीबार, जेष्ठ २१,२०८३ 07:37:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वस्तिमा खड्का लिभोनको नयाँ ब्रान्ड एम्बासडर नियुक्त

Laxmi Sunrise Bank Limited
स्वस्तिमा खड्का लिभोनको नयाँ ब्रान्ड एम्बासडर नियुक्त
Shivam Cement

काठमाण्डौ । मेरिको लिमिटेडअन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोनले नेपालका लागि आफ्नो नयाँ ब्रान्ड एम्बासडरका रूपमा नेपाली अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ।

आफ्नो स्वाभाविक आकर्षण, आत्मविश्वास र दर्शकमाझको बलियो लोकप्रियताका कारण स्वस्तिमा लिभोनको पहिचानसँग उत्कृष्ट रूपमा मेल खाने व्यक्तित्वका रूपमा चिनिएकी छन्। अब उनी लिभोनको नयाँ टेलिभिजन विज्ञापन (TVC) मा ब्रान्डको ऊर्जा र सन्देशलाई जीवन्त रूपमा प्रस्तुत गर्दै देखिनेछिन्।

Bizshala
New Office
CG Motors

लिभोनको नयाँ अवधारणा “LIVON IT” मा आधारित TVC ले काम, यात्रा, र सामाजिक जीवनमा निरन्तर सक्रिय रहने महिलाहरूको जीवनशैलीलाई प्रस्तुत गर्दछ। यो अभियानले आत्मविश्वासका साथ निरन्तरअघि बढ्ने महिलाहरूको ऊर्जा, उत्साह र जीवनप्रतिको सकारात्मक सोचलाई उजागर गरेको छ। रमाइलो, आत्मविश्वासी र नेपाली  जीवनशैली झल्काउने उक्त विज्ञापनमा पछिल्लो समय युवापुस्ता माझ चर्चित रातोरानी ; जेनी योञ्जन कोसशक्त स्वरले थप जीवन्तता थपेको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

यो सहकार्यले नेपालमा लिभोनका लागि नयाँ र उत्साहपूर्ण अध्यायको सुरुवात गरेको छ। स्वस्तिमा खड्का ब्रान्ड एम्बासडरका रूपमा आबद्ध भएसँगै लिभोनले उपभोक्तासँगको सम्बन्धलाई अझ बलियो बनाउने तथा देशभरका महिलाहरूलाई हरेक दिन आफ्नो उत्कृष्ट कपाललाई आत्मविश्वासका साथ अपनाउन प्रेरित गर्ने अपेक्षा राखेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.