Bizshala
  • बिहीबार, जेष्ठ २१,२०८३ 07:11:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तेस्रो पक्ष बीमाको ‘बजेट बोनस’ : निर्जीवन बीमा शेयरमा लगानीकर्ताको भीड, अवसर कि नयाँ चलखेलको संकेत ?

Laxmi Sunrise Bank Limited
तेस्रो पक्ष बीमाको ‘बजेट बोनस’ : निर्जीवन बीमा शेयरमा लगानीकर्ताको भीड, अवसर कि नयाँ चलखेलको संकेत ?
Shivam Cement

काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएयता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एउटा समूहले अस्वाभाविक रूपमा लगानीकर्ताको ध्यान तानेको छ- निर्जीवन बीमा।

पूँजीगत लाभकर वृद्धि र समग्र बजारमा अन्योल कायम रहँदा समेत निर्जीवन बीमा समूह भने लगातार उकालो लाग्न सफल भयो। बजेटपछिको पहिलो कारोबार दिन १.०२ प्रतिशतले बढेको यो समूह बुधबारसम्म आइपुग्दा ३.३७ प्रतिशतले उकालो लागेर ११ हजार ६३७ विन्दुसम्म पुगेको थियो। यद्यपि बिहीबार भने यो समूह १.२० प्रतिशतले ओरालो लागेको छ।

प्रश्न उठ्छ- के निर्जीवन बीमा कम्पनीहरूको वास्तविक व्यवसायिक सम्भावना बढेकै कारण लगानीकर्ता आकर्षित भएका हुन्, वा बजेटको एउटा व्यवस्थालाई आधार बनाएर फेरि सट्टेबाजीको खेल सुरु हुन लागेको हो ?

Bizshala
New Office
CG Motors

बजेटले किन दियो निर्जीवन बीमालाई ‘बुस्ट’ ?

सरकारले आगामी वर्षदेखि सवारीसाधनको तेस्रो पक्ष बीमाअन्तर्गत क्षतिपूर्ति सीमा ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याउने घोषणा गरेको छ। त्यससँगै प्रिमियम दरसमेत उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ।

नेपालमा सबै सवारीसाधनका लागि तेस्रो पक्ष बीमा अनिवार्य छ। त्यसैले बीमांक रकम दोब्बर भएपछि निर्जीवन बीमा कम्पनीहरूको प्रिमियम संकलन र व्यवसायिक आकार दुवै बढ्ने अनुमान गरिएको छ।

यही अपेक्षाले दोस्रो बजारमा निर्जीवन बीमा कम्पनीहरूको शेयरप्रति अचानक आकर्षण बढेको देखिन्छ।

व्यवसाय बढ्ला, तर कति ?

बीमा क्षेत्रका जानकारहरू भने बजेटको व्यवस्थालाई लिएर अत्यधिक उत्साहित हुन नहुने बताउँछन्।

उनीहरूका अनुसार तेस्रो पक्ष बीमाको रकम बढ्नु सकारात्मक संकेत भए पनि यसले कम्पनीहरूको नाफामा तत्काल ठूलो छलाङ मार्ने सुनिश्चित आधार भने निर्माण गर्दैन। बीमा व्यवसाय अन्ततः नयाँ सवारी बिक्री, सडक यातायातको विस्तार, दाबी व्यवस्थापन तथा समग्र आर्थिक गतिविधिसँग जोडिएको विषय हो।

यदि अर्थतन्त्र सुस्त रह्यो र नयाँ सवारीसाधनको आयात तथा बिक्री घटिरह्यो भने केवल प्रिमियम दर बढेकै आधारमा निर्जीवन बीमा कम्पनीहरूको आम्दानी उल्लेख्य रूपमा विस्तार नहुन पनि सक्छ।

बजारमा नयाँ ‘थिम’ खोजिरहेका खेलाडी ?

सेयर बजार विश्लेषक दामोदर गजुरेलका अनुसार बजेटपछि समग्र बजारले अपेक्षित ऊर्जा पाउन सकेको छैन। पूँजीगत लाभकर वृद्धि, लगानीकर्ताको मनोबलमा आएको गिरावट तथा कारोबार रकमको सुस्तताले अधिकांश क्षेत्र दबाबमा छन्।

यस्तो अवस्थामा बजारले नयाँ ‘स्टोरी’ खोज्ने प्रयास गरिरहेको र निर्जीवन बीमा समूह त्यसको केन्द्र बनेको उनको विश्लेषण छ।

उनका अनुसार अधिकांश निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी तुलनात्मक रूपमा सानो छ। फ्लोट शेयर सीमित भएकाले थोरै लगानीमै मूल्यलाई माथि–तल गर्न सकिने अवस्था रहन्छ। यही कारण बजेटबाट आएको सकारात्मक सन्देशलाई आधार बनाएर केही खेलाडीले मूल्य उचाल्ने प्रयास गर्न सक्ने जोखिम पनि उत्तिकै रहेको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

आकर्षणको पछाडि अर्को कारण

बीमा क्षेत्र लामो समयदेखि दोस्रो बजारमा उपेक्षित समूहका रूपमा रहँदै आएको थियो। विशेषगरी ‘जेनजी’ आन्दोलनपछिका दायित्व वृद्धि, दाबी भुक्तानीको दबाब तथा नाफामा आएको असरले निर्जीवन बीमा कम्पनीहरूको शेयर मूल्य लामो समयसम्म दबाबमा थियो।

फलस्वरूप धेरै कम्पनीहरू फन्डामेन्टल रूपमा सुदृढ हुँदाहुँदै पनि बजार मूल्यका हिसाबले आकर्षक स्तरमा पुगेका थिए। बजेटबाट आएको सकारात्मक नीतिगत संकेतले त्यही दबिएको क्षेत्रलाई पुनः चर्चामा ल्याएको विश्लेषकहरूको भनाइ छ।

सावधानी अपनाउनुपर्ने समय

विश्लेषकहरूका अनुसार अहिलेको वृद्धि पूर्ण रूपमा अस्वाभाविक होइन। तर यसलाई दीर्घकालीन ट्रेन्डको सुरुआत मान्न पनि हतार हुनेछ।

तेस्रो पक्ष बीमाको बीमांक रकम वृद्धि संस्थागत लगानीकर्ताका लागि सकारात्मक संकेत हुन सक्छ। तर ‘यो सेक्टर बढ्यो, अब सबैले यही किन्ने’ मनोविज्ञानका साथ प्रवेश गर्ने खुद्रा लगानीकर्ता भने जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।

निर्जीवन बीमा क्षेत्रको वास्तविक लाभ आगामी त्रैमासिक वित्तीय विवरण र प्रिमियम संकलनको वृद्धिमा देखिएपछि मात्र स्पष्ट हुनेछ। त्यसअघि देखिएको तीव्र उत्साह व्यवसायिक सम्भावनाभन्दा बढी बजारको मनोविज्ञान र सट्टेबाजीको मिश्रित प्रभाव पनि हुन सक्ने संकेतहरू देखिएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.