आईतवार, कार्तिक ८,२०८३ 02:50:05
  • आईतवार, कार्तिक ८,२०८३ 02:50:05
Global IME Bank Limited

संसदमा सांसदको उपस्थिति पातलिएपछि रास्वपाले थाल्यो हाजिरी छानबिन

Bizshala
संसदमा सांसदको उपस्थिति पातलिएपछि रास्वपाले थाल्यो हाजिरी छानबिन
New Office

 

काठमाण्डौ । प्रतिनिधि सभाको बैठकमा सांसदहरूको उपस्थिति अपेक्षाअनुसार नदेखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको हाजिरी विवरण जाँच गर्ने भएको छ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद सचिवालयबाट हाजिरी विवरण झिकाएर विश्लेषण गरी प्रतिवेदन तयार गर्न सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिएका हुन्।

बुर्लाकोटीका अनुसार पछिल्लो समय संसद बैठकमा सांसदहरूको उपस्थिति कमजोर देखिएको छ। कतिपय सांसद बैठक सुरु हुँदा उपस्थित हुने तर बीचमै बैठक छाडेर जाने प्रवृत्ति पनि बढेको भन्दै संसदीय दलले यसलाई गम्भीर रूपमा लिएको छ।

उनले यस्तो प्रवृत्तिले संसदको गरिमा र प्रभावकारितामै असर पार्न सक्ने बताएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

रास्वपाले विशेषगरी असार ३० र ३१ तथा साउन १४, १८ र २२ गते बसेका प्रतिनिधि सभा बैठकको हाजिरी विवरण अध्ययन गर्न लागेको हो।

संसद सचिवालयबाट ती दिनको उपस्थिति विवरण प्राप्त गरी कुन सांसद कति समय बैठकमा उपस्थित रहे, कसले बीचमै बैठक छाडे र समग्र उपस्थिति कस्तो रह्यो भन्ने विषयमा विश्लेषण गरिनेछ।

सचेतक परियार र धिताललाई सात दिनभित्र उक्त विश्लेषणसहितको प्रतिवेदन संसदीय दलमा पेस गर्न निर्देशन दिइएको छ।

पछिल्लो समय प्रतिनिधि सभा बैठकका क्रममा धेरै कुर्सी खाली देखिन थालेको भन्दै सार्वजनिक रूपमा समेत आलोचना भइरहेका बेला रास्वपाले आफ्नै सांसदहरूको हाजिरी निगरानी गर्ने कदम चालेको हो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.