आईतवार, श्रावण २४,२०८३ 06:06:05
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 06:06:05
Bizshala
Global IME Bank Limited

चिकित्सक र नर्समाथि हातपातपछि पलाँता अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द

चिकित्सक र नर्समाथि हातपातपछि पलाँता अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द
New Office

 

काठमाण्डौ । कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात र अस्पतालमा तोडफोड भएको भन्दै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।

पलाँता गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेले अस्पतालको सेवा बन्द भएको पुष्टि गरेका छन्।

अस्पताल प्रशासनका अनुसार गत शुक्रबार ड्युटीमा रहेका मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि केही स्थानीय व्यक्तिले हातपात गरेका थिए। सोही दिन बेलुका क्वार्टरमा पुगेर पुनः दुर्व्यवहार तथा कुटपिट गरिएको आरोपसमेत अस्पताल पक्षले लगाएको छ।

विवाद अस्पतालको ओपीडी क्षेत्र अगाडि वाइफाइ प्रयोग गरी मोबाइल चलाइरहेका केही व्यक्तिलाई स्वास्थ्यकर्मीले बाहिर गएर मोबाइल प्रयोग गर्न आग्रह गरेपछि सुरु भएको बताइएको छ।

अस्पताल प्रशासनका अनुसार ओपीडी क्षेत्रमा बसेर मोबाइलमा भिडियो गेम खेल्दा स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै चिकित्सक र नर्सले उनीहरूलाई अन्यत्र जान आग्रह गरेका थिए। सुरक्षा गार्डले अस्पताल परिसरबाट बाहिर पठाउने प्रयास गर्दा विवाद बढेर हातपातसम्म पुगेको अस्पतालको दाबी छ।

अस्पतालमा कार्यरत एक नर्सले क्वार्टर सारिएको विषयलाई लिएर यसअघि पनि आफूहरूलाई गालीगलौज र मानसिक दबाब दिइँदै आएको आरोप लगाएकी छन्। उनले वाइफाइ प्रयोग गर्न नदिएको विषयलाई लिएर पछिल्लो घटना भएको दाबी गरेकी छन्।

घटनापछि अस्पतालका केही मेडिकल उपकरणमा समेत क्षति पुगेको बताइएको छ।

स्वास्थ्य संयोजक न्यौपानेका अनुसार घटनाबारे सोमबार मुचुल्का तयार गरी जनप्रतिनिधि तथा सरोकारवाला पक्षको उपस्थितिमा छलफल गरिनेछ।

हाल मेडिकल अफिसर डा. रैन कालिकोट सदरमुकाम मान्मा पुगेका छन्। पीडित चिकित्सक तथा नर्सले घटनामा संलग्नमाथि कारबाही र आफूहरूलाई न्यायको माग गरेका छन्।

घटनाबारे स्थानीय पक्षको विस्तृत प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.