मंगलवार, माघ ८,२०८१ 20:34:55
IME remit
  • मंगलवार, माघ ८,२०८१ 02:19:54
IME remit
Global IME Bank Limited

बजारमा पैसा फालाफाल भएपछि राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ झिक्दै

Hyundai Nepal
बजारमा पैसा फालाफाल भएपछि राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ झिक्दै
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई सकस परेको छ । हिजो मात्रै बजारबाट ३५ अर्ब रुपैयाँ झिकेको केन्द्रीय बैकले आज पनि बजारबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ ।  

केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३० अर्ब रुपैयाँ झिक्न लागेको हो ।  

अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा झिक्न लागेको हो । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।  

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी असार १४ गते हुनेछ ।  निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.