आईतवार, असार १५,२०८२ 05:52:04
  • आईतवार, असार १५,२०८२ 05:52:04
Global IME Bank Limited

एकै दिन १ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, सीडी रेसियो र अन्तरबैंक ब्याजदर घट्यो

Hyundai Nepal
एकै दिन १ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, सीडी रेसियो र अन्तरबैंक ब्याजदर घट्यो
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख १३ गते बैंकिङ प्रणालीमा १ अर्ब रुपैयाँ थपिएको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख १३ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ३२ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ । वैशाख १२ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।    

वाणिज्य बैंकहरुको निक्षेप पनि २ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २० अर्ब रुपैयाँ रहेको छ । वैशाख १२ गतेका दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब १८ अर्ब रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ ।  

बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह भने घटेको छ । वेशाख १२ गते ५१ खर्ब २ अर्ब रहेको कर्जा प्रवाह वैशाख १३ गतेसम्म ५१ खर्ब ३ अर्ब छ । सीडी रेसियो पनि घटेको छ । वैशाख १२ गते ८०.८८ प्रतिशत रहेको सीडी रेसियो घटेर ८०.८६ प्रतिशत रहेको छ । अन्तरबैंक ब्याजदर पनि केहि घटेको छ । गत वैशाख १२ गते २.९२ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर घटेर २.८२ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.