शनिबार, असार १४,२०८२ 10:58:53
  • शनिबार, असार १४,२०८२ 10:58:53
Global IME Bank Limited

सहकारीमा राष्ट्र बैंकको इन्ट्री, ५० करोडमाथि कारोबार गर्नेलाई नियमन गर्ने

Hyundai Nepal
सहकारीमा राष्ट्र बैंकको इन्ट्री, ५० करोडमाथि कारोबार गर्नेलाई नियमन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वार्षिक ५० करोड रुपैयाँभन्दा माथि कारोबार गर्ने  तथा सेयर पूँजी भएका सहकारी नियमन गर्न भएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन’ले यस्तो व्यवस्था गरेको हो ।  

यससँगै नेपाल राष्ट्र बैक ऐन २०५८, पनि संसोधन भएको छ । यो संशोधनसँगै सहकारीको नियमन, निरीक्षण तथा सुपरिवेक्षणको लागि राष्ट्र बैंकले आवश्यक पर्ने निर्देशन र मापदण्ड जारी गर्नेछ । 

राष्ट्र बैंकले सहकारी संस्थाको वित्तीय सुशासन तथा जोखिमको आधारमा सहकारी विभागको अनुरोधमा सहकारी सम्बन्धी प्रचलित कानूनको समेत अधिकार प्रयोग गरी यस्ता सहकारीको नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ । 

CG Motors
Muktinath Bikas Bank Limited

सहकारीका समस्याहरु दैनिक बढ्न थाले पछि सरकारले यस्तो नीति लिएको बिश्लेषकहरु बताउँछन् । राष्ट्र बैंकको मापदण्ड तथा निर्देशन पालना नगर्ने सहकारीलाई राष्ट्र बैंक ऐनको दफा ९९ र १०० अनुसार कारबाही समेत गर्न सक्नेछ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.