काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
गत असोज ११ र १२ गते आएको बाढीपहिरो र डुबानबाट प्रभावितहरुको राहात, पुननिर्माण तथा पुनस्र्थापनाका लागि बैंकले सो कोषमा सहयोग गरेको हो ।
मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखि नै सहयोग गर्दै आएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।