आईतवार, फाल्गुन ११,२०८१ 03:17:45
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:17:45
IME remit
Global IME Bank Limited

लक्ष्मी बैंकको नेतृत्वमा तीन बैंकले सुपर बागमती हाइड्रोपावरमा रु. ६.९ अर्ब लगानी गर्ने

Hyundai Nepal
लक्ष्मी बैंकको नेतृत्वमा तीन बैंकले सुपर बागमती हाइड्रोपावरमा रु. ६.९ अर्ब लगानी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सन्‌राईज बैंक लिमीटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लिमीटेडबीच लगानी सम्झौता भएको छ ।  

सुपर बागमती हाइड्रोपावरले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको हो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

सो आयोजनाको कूल लागत रू ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सुपर बागमती हाइड्रोपावरले माघ १२, २०७८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत उत्पादनको अनुमति पत्र लिई आषाढ २५, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विध्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्वकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड र ए.एन.के. कन्स्ट्रकशन रहेका छन्।

सो परियोजना निमार्णको लागि लक्ष्मी सन्‌राईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रर्वदक र संस्थापकहरुको लगानी रहनेछ।  

सो परियोजनामा लक्ष्मी सन्‌राईज बैंकको कर्जा प्रतिवद्धता ३.४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब रहनेछ ।   

सो आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिब २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र उर्जा उत्पादकमध्येको ठूलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.