शनिबार, श्रावण ९,२०८३ 08:45:04
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 08:45:04
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंक: प्रतिशेयर वितरणयोग्य आम्दानी १०.७८ पुग्यो, कोर इन्कम सुदृढ

लक्ष्मी सनराइज बैंक: प्रतिशेयर वितरणयोग्य आम्दानी १०.७८ पुग्यो, कोर इन्कम सुदृढ
New Office

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा उल्लेख्य रूपमा ओरालो लागेको छ भने इम्पेयरमेन्ट चार्जको बोझले सञ्चालन मुनाफालाई समेत धराशायी बनाएको देखिन्छ।

बैंकले यस त्रैमासमा ३३ करोड २३ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको असोज मसान्तको ५३ करोड ६३ लाख रुपैयाँको तुलनामा ३८.०४ प्रतिशतले कमी हो। यद्यपि, वितरणयोग्य मुनाफा भने २ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ कायम भएको छ र वितरणयोग्य प्रतिशेयर आम्दानी (Distributable EPS) १० रुपैयाँ ७८ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५९ प्रतिशत ले वृद्धि भई २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी २६.५९ प्रतिशत ले उक्लिएर ६१ करोड ६८ लाख रुपैयाँ कायम भएको छ। कुल सञ्चालन आम्दानी पनि १४.८० प्रतिशत ले बढेर ३ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ भएको छ।

तर, इम्पेयरमेन्ट चार्ज (कर्जा जोखिम वापतको प्रोभिजन) गत वर्षको १ अर्ब १६ करोड ७९ लाख रुपैयाँबाट झन्डै दोब्बरले बढेर १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ पुग्यो। यसैको असरले सञ्चालन मुनाफा ४२.११ प्रतिशत ले खुम्चिएर ४३ करोड १७ लाख रुपैयाँमा सीमित भयो।ब्याज आम्दानी र सञ्चालन खर्च

बैंकको निवल ब्याज आम्दानी (Net Interest Income) यस त्रैमासमा २ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। ब्याज खर्च घटेसँगै ब्याज आम्दानीमा सुधार आएको बैंकले जनाएको छ। तर, सञ्चालन खर्च र कर्मचारी खर्चमा वृद्धि हुँदा नाफामा केही दबाब परेको छ।

सञ्चालन खर्च १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने, गैरसञ्चालन खर्च पनि वृद्धि भएको विवरणमा देखिन्छ।

प्रतिशेयर आम्दानी र अन्य सूचकहरू

-EPS (प्रतिशेयर आम्दानी) : गत वर्ष ९.२५ रुपैयाँबाट घटेर ५.४६ रुपैयाँ (३.७९ रुपैयाँको गिरावट)

-प्रतिशेयर नेटवर्थ : १८४.८९ रुपैयाँ

-PE Ratio : ३९.७४ गुणा

-ननपरफर्मिङ लोन (NPL) : ५.४२ प्रतिशत

-क्रेडिट टु डिपोजिट अनुपात : ७७.०९ प्रतिशत

-बेस रेट : ५.८९ प्रतिशत

ब्यालेन्सशिटको अवस्था बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ कायम छ भने जगेडा कोषमा १८ अर्ब ४ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्म बैंकले ३ खर्ब ७५ अर्ब ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ८२ अर्ब ३७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। निक्षेपमा २.१७ प्रतिशत र कर्जामा २.६७ प्रतिशत को वृद्धि देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.