बुधबार, असार १७,२०८३ 11:15:20
Bizshala
  • बुधबार, असार १७,२०८३ 11:15:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमाल आइरन पनि डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न तयार

Laxmi Sunrise Bank Limited
हिमाल आइरन पनि डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न तयार

काठमाण्डौ । डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् उपभोग गरेबापतको बक्यौता रकम तिर्न लामो समयसम्म आनाकानी गरेका ठूला तथा साना उद्योगहरुले धमाधम उक्त रकम तिर्न लागेका छन् । यही क्रममा हिमाल आइरन एण्ड स्टिल पनि बक्यौता रकम तिर्न तयार भएको छ ।  

कम्पनीले शुक्रबारसम्म पहिलो किस्ताको रकम तिर्ने तयारी गरेको हो । कम्पनीले आफ्नो नाममा रहेको तिर्न बाँकी १३ करोड ६५ लाख रुपैयाँमध्ये पहिलो किस्ताको रकम शुक्रबारसम्म तिर्ने भन्दै विद्युत प्राधिकरणलाई पत्र काटेको छ ।  

New Office
CG Motors
Garima Development Bank

विद्युत प्राधिकरणले लोडसेडिङको समयमा उद्योगहरुलाई विद्युतको सहज आपूर्तिका लागि डेडिकेटेड तथा ट्रंकलाइन उपभोग गर्ने सुविधा उपलब्ध गराएको थियो । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म यस्तो सुविधा उपलब्ध गराएको थियो ।  

कम्पनीहरुले २८ किस्तामा बक्यौता रकम बुझाउन सक्नेछन् ।  

आज मात्रै रिलायन्स स्पिनिङ मिल्सले पहिलो किस्ताअन्तर्गत २ करोड ७७ लाख रुपैयाँ बक्यौता रकम तिरेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.