बिहीबार, बैशाख ३१,२०८३ 04:55:45
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:55:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सागर डिष्टिलरीको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार खुल्ने

Laxmi Sunrise Bank Limited
सागर डिष्टिलरीको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार खुल्ने
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सागर डिष्टिलरीको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र कम्पनीबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको कुल ७२ लाख ६० हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारणसमक्ष मुक्तिनाथ क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत भदौ ३० गतेदेखि असोज ५ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।  

Bizshala
New Office
CG Motors

यसरी सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको १४ लाख ५२ हजार कित्ता र संस्थापक सेयरधनीहरुमा वितरण गरिएको ५८ लाख ८ हजार कित्ता गरी जम्मा ७२ लाख ६० हजार कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कात्तिक १६ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।  

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘हिमस्टार’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १०६.५२ रुपैयाँ र ३१९.५६ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.