सागर डिस्टीलरीको लक इन अवधि चैतमा समाप्त हुँदै
काठमाण्डौ । सागर डिस्टीलरी लिमिटेडको लक इन अवधि आगामी चैत महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको ७२ हजार ६०० कित्ता सेयरको लक इन अवधि चैत ११ गते समाप्त हुन लागेको हो ।

