बुधबार, असार १०,२०८३ 07:35:48
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:35:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सागर डिष्टिलरीको आइपीओमा १६.७० गुणा बढी आवेदन

Laxmi Sunrise Bank Limited
सागर डिष्टिलरीको आइपीओमा १६.७० गुणा बढी आवेदन

काठमाण्डौ । सागर डिष्टिलरीको आइपीओमा १६.७० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १७ लाख ५२ हजार ४४२ जनाले आवेदन दिएका छन् ।  

कम्पनीको आइपीओमा १ अर्ब ९८ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ९८ लाख ९० हजार ६८० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा १६ गुणा बढी हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले गत भदौ ३० गतेदेखि आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको रु। १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको छ ।  

उक्त आईपीओमा आवेदन दिने अन्तिम मिति असोज २ गतेसम्मका लागि निर्धारण गरिएको थियो । तर नेपाल सरकारले असोज १ गते सार्वजनिक बिदा दिएकाले आईपीओमा आवेदन दिने म्याद थप गरिएको हो । अब उक्त आईपीओमा असोज ५ गतेसम्म आवेदन दिन सकिने छ ।  

कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.