सोमबार, कार्तिक ३०,२०८३ 01:07:18
  • सोमबार, कार्तिक ३०,२०८३ 01:07:18
Global IME Bank Limited

भारत र चीनसहित तीन देशमा नेपालका नयाँ राजदूत नियुक्त, शीतल निवासमा शपथ

Bizshala
भारत र चीनसहित तीन देशमा नेपालका नयाँ राजदूत नियुक्त, शीतल निवासमा शपथ
New Office

 

काठमाण्डौ । सरकारले सिफारिस गरेका भारत, चीन र इजरायलका लागि नेपाली राजदूतको नियुक्ति प्रक्रिया पूरा भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन देशका लागि आवासीय राजदूत नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति पौडेलले भारतका लागि डा. निश्चलनाथ पाण्ड, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई नेपालको आवासीय राजदूत नियुक्त गरेका हुन्।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त गरिएको हो।

नवनियुक्त तीनै राजदूतलाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सरकारले गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न १३ देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो। तीमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको थियो।

अनुमोदित १० जनामध्ये भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको सम्बन्धित देशबाट अग्रिमो अर्थात् कूटनीतिक सहमति प्राप्त भएपछि नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

भारत र चीन नेपालको छिमेकी मुलुक मात्र नभई व्यापार, पारवहन, पूर्वाधार विकास तथा कूटनीतिक सम्बन्धका दृष्टिले अत्यन्त महत्वपूर्ण साझेदार हुन्। यी दुवै देशमा नयाँ राजदूत नियुक्त हुनुलाई नेपालको छिमेक कूटनीतिका लागि महत्वपूर्ण घटनाका रूपमा लिन सकिन्छ।

त्यस्तै, इजरायलसँग नेपालको श्रम, कृषि प्रविधि र द्विपक्षीय सहयोगका क्षेत्रमा सम्बन्ध रहँदै आएको छ। इजरायलमा कार्यरत नेपालीको सुरक्षा र हित संरक्षण पनि राजदूतका महत्वपूर्ण जिम्मेवारीमध्ये पर्छ।

Garima Development Bank
Bizshala
IME remit

नवनियुक्त राजदूतहरूले सम्बन्धित देशमा कार्यभार सम्हालेपछि द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने, लगानी तथा व्यापार प्रवर्द्धन गर्ने र विदेशमा रहेका नेपाली नागरिकको हित संरक्षण गर्ने जिम्मेवारी निर्वाह गर्नेछन्।

विशेषगरी भारतसँग सीमा, व्यापार, पारवहन तथा ऊर्जा सहकार्यका विषय र चीनसँग पूर्वाधार, कनेक्टिभिटी तथा आर्थिक साझेदारीका मुद्दा महत्वपूर्ण छन्।

दुई शक्तिशाली छिमेकीसहित तीन देशमा नयाँ राजदूत नियुक्त भएसँगै अब नेपालको कूटनीतिक प्राथमिकतालाई व्यवहारमा कति प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा उनीहरूको कार्यसम्पादन महत्वपूर्ण हुनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.