बुधबार, असार १०,२०८३ 07:35:07
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:35:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सागर डिस्टिलरी १.५३ करोड घाटामा, आम्दानी र ईपीएस कति ?

Laxmi Sunrise Bank Limited
सागर डिस्टिलरी १.५३ करोड घाटामा, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । सागर डिस्टिलरीले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले समीक्षा अवधमिा १ करोड ५३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड ७५ लाख रुपैयाँ घाटामा थियो ।  

बिक्री आम्दानी बढेसँगै कम्पनीको घाटामा कमी आएको हो । कम्पनीले पहिलो त्रैमाससम्म बिक्रीमार्फत ५ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३६.८९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले बिक्रीमार्फत २ करोड ५३ लाख आर्जन गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै कम्पनीले समीक्षा अवधिमा २७ लाख ७८ हजार रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ । कम्पनीको कर्मचारी सुविधा खर्च १ करोड ४९ लाख, प्रशासनिक तथा अन्य सञ्चालन खर्च २६ लाख ७६ हजार र बिक्री तथा वितरण खर्च १ करोड ३५ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ८.४४ रुपैयाँले ऋणात्मक रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.