शनिबार, असार २८,२०८२ 02:26:16
  • शनिबार, असार २८,२०८२ 02:26:16
Global IME Bank Limited

सेयर बजार र राष्ट्रबैंकमा ३०/३० वर्ष बिताएका महर्जनको सुझाव–‘ऋण लिएर लगानी नगर्नू’

थोरै पैसा लगाएर अर्बपति बनेका एक लगानीकर्ताको सक्सेस स्टोरी

Hyundai Nepal
सेयर बजार र राष्ट्रबैंकमा ३०/३० वर्ष बिताएका महर्जनको सुझाव–‘ऋण लिएर लगानी नगर्नू’
Shivam Cement

काठमाण्डौ । सेयर बजारबाट धेरैलाई पैसा कमाउने इच्छा हुन्छ । तर कमै व्यक्ति मात्र सफल हुन्छन् । धेरै मानिस सेयर बजारमा आएर रातारात करोड कमाउन चाहन्छन् । करोड लिएर पसेका रोडमा र सानो पैसाले पनि अर्बपतिसम्म भएका कथा बजारमा सुनिन्छन् ।  

विश्व सेयर बजारमा हामीले सफल लगानीकर्ताको कथाको रुपमा वारेन बफेटको सक्सेस स्टोरी धेरैपटक सुनेका र पढेका छौं । सेयर बजारमा सफल र असफल धेरै कथाहरु हुन्छन् । त्यसैले आज हामीले एक सफल लगानीकर्ता रामलाल महर्जनको अनुभवलाई पाठकमाझ प्रस्तुत गर्ने जमर्को गरेका छौं । 

CG Motors
Muktinath Bikas Bank Limited

काठमाण्डौको कीर्तिपुर निवासी रामलाल महर्जन हाल उमेरले ८४ बर्ष पूरा भए । तर ब्रोकरहाउसमा आउने उनको जोसजाँगर युवाजस्तै देखिन्छ । प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२)मा भेटिएका महर्जन नेपाल राष्ट्रबैंकमा तीस बर्ष सेवा गरेर अबकासप्राप्त कर्मचारी हुन् ।  

राष्ट्रबैंकबाट अबकास भएपछि पनि उनी त्यसै बसेनन्, झनै सक्रिय भए । त्यसपछि उनले नागरिक लगानी कोषमा १७ वर्ष अस्थायी/करारमा जागिर खाए । त्यहाँ पुगेपछि भने उनको भाग्य चम्कियो । किनकी उनले सेयर बजारबारे राम्रैसँग बुझने मौका पाए ।  

राष्ट्रबैंकबाट अबकास हुँदा महर्जनसँग ६ लाख रुपैयाँ थियो । त्यो पैसाले यही ब्रोकरबाट हिमालयन बैंकको ५ सय कित्ता सेयर ७ सय रुपैयाँको दरले साढे तीन लाख रुपैयाँमा किने । बोनस थपिँदै जाँदा त्यो सेयर ४ हजार कित्ता भयो ।  त्यो बेचेर फेरी नबिल बैंक किने । त्यो सेयर हरेक वर्ष बोनस खाँदा खाँदा एकलाख भन्दा बढी कित्ता भएको उनलाई याद छ । ‘त्यो बेला नबिल बैंक ४ सय रुपैयाँ प्रतिकित्ता थियो । त्यो समयमा आईपीओ पनि भरे जति पथ्र्यो ।’–उनले बिजशालासँग भने ।  

त्यही सेयर बेचेर उनले कीर्तिपुरमा घर बनाउने, छोराछोरीको विवाह तथा ब्रतबन्ध गर्ने लगायतका खर्चहरुको गर्जो टारे । त्यति मात्रै नभएर त्यही सेयरबाट उनले हायस तथा टाटा बस पनि किने । सबै खर्च गरेपछि पनि उनीसँग नविल बैंकको मात्रै अझै ५२ हजार कित्ता सेयर छ । सबै कम्पनीको सेयर गरेर हाल पनि ६ लाख कित्ता भन्दा बढी रहेको उनले सुनाए ।  

लामो अनुभव सँगालेको उनले सेयरबजारमा कर्जा लिएर कारोबार गर्न नहुने बताउँछन् । उनी भन्छन्–‘ऋण लिएपछि ब्याज तिर्नुपर्छ । आफ्नै पैसा भएपछि ढुक्कसँग बस्न सकिन्छ ।’ 

 

उनको आफ्नै अनुभवमा पनि पछिल्लोपटक नविल बैंकको सेयर धितो राखेर कर्जा लिई थप सेयर किनेको, तर फाइदा भएन । सेयरको भाउ घट्न पुग्यो । उता ब्याज तिरिरहनुपर्ने भएपछि डबल घाटा भयो । ‘त्यसैले मैले बजारका साथीहरुलाई पनि कर्जा लिएर लगानी नगर्न भन्छु ।’–उनले थपे ।

अहिले दैनिक सेयर बजार धाउने गरेका रामलालले गएका तीन–चारवटा बुलमा आफूसँग भएको सेयर बचाएर राखे । ‘त्योबेला बेचेको भए त मसँग एक अर्ब रुपैयाँ नै हुन्थ्यो होला । अब भने आउने बुलमा सेयर बेचेर पैसा राख्ने र घटेको बेला किन्ने सोंचमा छु ।’–उनले आफ्नो योजना सुनाए ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X