शनिबार, आश्विन ३१,२०८३ 06:14:00
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 06:14:00
Bizshala
Global IME Bank Limited

पूँजीबजार सुधारको २१ बुँदे खाका स्वागतयोग्य, कार्यान्वयनमा लगानीकर्ता संघको खबरदारी

Bizshala
पूँजीबजार सुधारको २१ बुँदे खाका स्वागतयोग्य, कार्यान्वयनमा लगानीकर्ता संघको खबरदारी
New Office

काठमाण्डौ । धितोपत्र बजारका लगानीकर्ता संघहरूले नेपाल सरकार, अर्थ मन्त्रालयले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ को स्वागत गर्दै २१ बुँदे कार्यक्रमलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेका छन् ।

जनरल इन्भेष्टर एसोसियसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल धितोपत्र लगानीकर्ता संघ नेपालले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै कार्यान्वयको माग राखेका हुन् ।  

लगानीकर्ता संघहरूले कार्ययोजनाले नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, आधुनिक, प्रविधिमैत्री, प्रतिस्पर्धी तथा लगानीमैत्री बनाउन महत्वपूर्ण आधार तयार गर्ने बताएका छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

लामो समयदेखि बजारमा देखिएको शिथिलता, लगानीकर्ताको घट्दो मनोबल, सीमित वित्तीय उपकरण तथा संस्थागत लगानीको अपेक्षित विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्न कार्ययोजना सकारात्मक र समयसापेक्ष रहेको उनीहरूको भनाइ छ ।

संघहरूले कार्ययोजनामा समेटिएका आईपीओ तथा शेयर बाँडफाँट प्रणाली सुधार, दोस्रो बजार विकास, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, म्युचुअल फन्ड तथा नयाँ वित्तीय उपकरणको विकास, मार्जिन कारोबार, कर्पोरेट बन्ड बजार, नेप्से पुनर्संरचना, नयाँ सूचकांक, गैरआवासीय नेपालीको सहभागिता तथा निजी इक्विटी÷भेन्चर क्यापिटल क्षेत्रको विकासलाई विशेष रूपमा स्वागत गरेका छन् ।

त्यस्तै, दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने नीति, बजारसँग सम्बन्धित संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि तथा आवश्यक कानुनी र नियामकीय सुधारले पूँजी बजारलाई थप सबल र दिगो बनाउन सहयोग पुग्ने संघहरूको विश्वास छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

‘घोषणामा मात्र सीमित नहोस्’

विगतमा पूँजी बजार सुधारका लागि विभिन्न कार्ययोजना, अध्ययन, समिति, प्रतिवेदन तथा नीतिगत प्रतिबद्धता सार्वजनिक भए पनि कतिपय महत्वपूर्ण विषय अपेक्षित समयमा कार्यान्वयन हुन नसकेको लगानीकर्ता संघहरूको गुनासो छ ।

त्यसैले यसपटकको २१ बुँदे कार्ययोजना पनि विगतका योजनाजस्तै घोषणामा मात्र सीमित नहोस् भन्दै संघहरूले स्पष्ट समयसीमा तोकेर सम्बन्धित निकायलाई जिम्मेवार बनाई कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

संघहरूले कार्ययोजना कार्यान्वयनका क्रममा लगानीकर्ताको हितलाई केन्द्रमा राख्न, वास्तविक बजार सहभागीको सुझाव समेट्न, नीतिगत अन्योल हटाउन तथा बजारमा स्थायित्व र विश्वास कायम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।

उनीहरूले कार्ययोजनालाई ठोस परिणाम दिने दस्तावेजका रूपमा अघि बढाउँदै शीघ्र, प्रभावकारी, पारदर्शी र परिणाममुखी कार्यान्वयन गर्न जोड दिएका छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.