मंगलवार, श्रावण १९,२०८३ 04:34:49
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:34:49
Bizshala
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको ४.६५ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

सर्वोत्तम सिमेन्टको ४.६५ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने
New Office

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)बीच साधारण सेयर सूचीकरण सम्झौता सम्पन्न भएको छ । कम्पनी र नेप्सेबीच प्रतिसेयर अंकित रु १०० कायम भएको ४ करोड ६५ लाख कित्ता सेयर सूचीकरण गर्ने सम्झौता भएको हो ।  

उक्त सम्झौता आज चैत ५ गते सम्पन्न भएको हो । कम्पनीले ग्लोबल आइएमई क्यापिटल (निष्कासन तथा बिक्री प्रबन्धक) तथा एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटल(सह निष्कासन तथा बिक्री प्रबन्धक)मार्फत साधारण सेयर खुला बिक्री आह्वान गरेको थियो ।

यसरी सर्वसाधारण लगानीकर्ता(वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित क्षेत्रका स्थानिय वासिन्दा,योग्य संस्थागत लगानीकर्ता र कर्मचारीहरु समेत)मा वितरण गरिएको ६० लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४ करोड ५ लाख कित्ता गरी कुल ४ करोड ६५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो ।  

उक्त सेयर चैत ४ गतेको निर्णयअनुसार धितोपत्र सूचीकरण नियमावली,२०७५ बमोजिम सूचिकृत भएको हो ।  नेप्सेले कम्पनीलाई १८५.३६ रुपैयाँदेखि ५५६.०८ रुपैयाँ आपनिङ रेञ्ज प्रदान गरेको छ ।  

नेप्सेमा सूचीकरण भएसँगै भोलिदेखि कम्पनीको सेयर दोस्रा ेबजारमा कारोबारमा आउनेछ । कम्पनीको प्रधान कार्यालय तीनकुने काठमाण्डौमा रहेको र सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा लाजिम्पाटमा रहेको एनआईबिएल एस क्यापिटल काठमाण्डौबाट हुनेछ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.