• मंगलवार, भाद्र ३१,२०८२ 06:55:50
Global IME Bank Limited

सबै ब्रोकरले ‘डेडिकेटेड कारोबार प्रणाली’ लागू नगरेको खुलासा, विपदमा सिस्टमको जोखिम बढ्दो

Hyundai Nepal
सबै ब्रोकरले ‘डेडिकेटेड कारोबार प्रणाली’ लागू नगरेको खुलासा, विपदमा सिस्टमको जोखिम बढ्दो
Shivam Cement

काठमाण्डौं । सबै ब्रोकर कम्पनीहरुले डेडीकेटेड कारोबार प्रणाली लागू नगरेको खुलासा भएको छ । यसका कारण भूकम्प तथा आगलागी जस्ता जोखिम बढ्दा ब्रोकरहरुको सर्भरमा क्षति पुग्न सक्ने देखिएको छ ।  

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा विभिन्न सार्वजनिक संस्थाहरुमा आगजनी हुँदा भने डेडिकेटेड कारोबार प्रणाली भने जोगिएको छ । नेप्सेका प्रवक्ता मूराहरी पराजुलीका अनुसार डेडिकेटेड कारोबार प्रणाली हाल केही ब्रोकरहरुको सर्भर एकै ठाँउमा रहेको छ । अब सबै ब्रोकरहरुलाई फरक–फरक सर्भर राख्न भनिएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेले गएको भदौ १२ गते सबै ब्रोकरहरुलाई फरक–फरक सर्भर प्रणाली राख्न निर्देशन दिएको थियो । एकै ठाँउमा राख्दा कसको कारोबार प्रणालीमा समस्या आएको हो भन्ने छुट्टाउन कठिन हुँदै आएको छ । तर फरक–फरक सर्भर राखेको खण्डमा जोखिम पनि कम हुनुको साथै समस्या आएको अवस्थामा सहजै समस्या पहिचान हुन सक्ने प्रवक्ता पराजूलीले जानकारी दिए ।  

गत भदौ १२ गते नेपाल स्टक एक्सचेञ्जले कारोबार सञ्चालन विनियमली २०७५ को तेस्रो संसोधन विनियम २१ (ख) बमोजिम नेप्सेका सहायक प्रबन्धक गिरिराज दाहालले सबै सदस्य दलालहरुलाई डेडिकेटेड कारोबार ब्यवस्था प्रणालीमा जान निर्देशन दिएका थिए ।  

यो निर्देशन दिनुको अर्थ सबै सदस्य दलालहरु यस्तो डेडिकेटेड कारोबार प्रणालीमा नगएको हुन सक्ने पराजुलीले जानकारी दिए । नेप्सेस्थित अर्को एक स्रोतले दिएको जानकारी अनुसार हाल केही ब्रोकरहरुको मात्रै क्लाउड हिमालयमा एकै ठाँउमा यस्तो सर्भर राखिएको छ । जसका कारण जोखिम पनि बढ्दो छ । यहि कारण नेप्सेले यस्तो निर्देशन दिएको हुन सक्छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X