काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत(सीईओ)पद का लागि १० जनाको आवेदन परेको छ । सीईओ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको आज अन्तिम दिनसम्म १० जनाको आवेदन परेको हो ।
नेप्सेको सीईओ पदका लागि आवेदन दिनेमा पूर्ण प्रसाद आचार्य,बद्रि प्रसाद प्याकुरेल, नारद कुमार लुइटेल, युवराज दाहाल, प्रविण अधिकारी, कृष्ण बहादुर कार्की, हेमन्त बश्याल, र मुकन्द राज जोशी रहेका छन् ।
नेप्सेको सीईओ पदमा नियुक्तीका लागि गठित सिफारिस समितिले गत फागुन १२ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । जसअनुसार सीईओ पदका लागि आवेदन दिने अन्तिम मिति फागुन १८ तोकिएको थियो । तर, उक्त अवधिमा ३ दिन सार्वजनिक बिदा परेकाले आवेदन दिने समयावधि लम्ब्याइएको थियो ।