बुधबार, भाद्र १८,२०८२ 02:09:03
  • बुधबार, भाद्र १८,२०८२ 02:09:03
Global IME Bank Limited

नेप्सेले पठायो मार्जिन कारोबारसम्बन्धी तीन वटा सुझाव, ब्रोकर भने समस्यै समस्यामा

Hyundai Nepal
नेप्सेले पठायो मार्जिन कारोबारसम्बन्धी तीन वटा सुझाव, ब्रोकर भने समस्यै समस्यामा
Shivam Cement

काठमाण्डौ । नेपालमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ सालमा नै आएको हो । त्यो समयमा केही ब्रोकरहरुले नेप्सेबाट यस्तो सेवाको लागि अनुमति पत्र लिएका थिए । तर यो ब्यबस्था अहिलेसम्म कार्यान्वयनमा आउन भने सकेको छैन । पछिल्लोपल्ट सरकारले नीति तथा कार्यक्रममा समावेश गरे पछि धितोपत्र बोर्डले सरोकारवालाहरुसँग सुझाव मागेको छ ।  

जसमा नेपाल स्टक एक्सचेञ्जले तीन वटा सुझाव पठाएको छ । जसमा पहिलो नम्बरमा अनुमति पत्र नविकरणलाई सहज बनाउन नेप्सेले सुझाव दिएको छ । यसअघि २५ प्रतिशत विलम्ब शुल्क तिरेर नविकरण गर्ने तीन महिनाको ब्यबस्थालाई परिमार्जन गर्दै ६ महिना बनाउन सुझाव दिएको छ ।  

त्यसैगरि, मार्जिन कारोबार सुविधा सम्बन्धी २०७५ को बुँदा नम्बर ८ र ९ मा मार्जिन कारोबर सेवा दिनुपर्ने कम्पनी नेप्सेले तोक्नु पर्ने हालको व्यवस्थालाई लगानीकर्ता स्वयं वा धितोपत्र दलाल ब्यवसायिहरुले सुचिकृत कम्पनी छनोट गर्न सक्ने प्रावधान राख्न  सुझाव दिइएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै, मार्जिन कारोबार सम्बन्धी २०७५ मा कुन–कुन प्रकारका धितोपत्रमा मार्जिन कारोबार गर्न पाइने भन्ने ब्यबस्था स्पष्ट उल्लेख नभएका कारण कार्यविधिमा स्पष्ट तोक्नु पर्ने सुझाव दिइएको छ । नेपाल स्टक एक्सचेञ्जले सुझावहरु पठाएता पनि सीडीएससी र ब्रोकरलेे भने हालसम्म कुनै पनि सुझाव पठाउन सकेको छैन ।  

यस्ता छन् ब्रोकरहरुका समस्या  

धितोपत्र बोर्डले मार्जिन कारोबार सम्बन्धी सुझाव मागे पनि ब्रोकरहरु भने समस्या नै समस्यमा रुमलिएका छन् । यस अघि पनि केही ब्रोकरहरुले मात्रै अनुमतिपत्र मागेका थिए । यदि धितोपत्र बोर्डले मार्जिन कारोबारका लागि कार्यविधि बनाएता पनि सबै धितोपत्र ब्यवसायिहरुले धितोपत्र कारोबार गर्न योग्य हुने छैनन् ।  

जसमा ब्रोकरहरुको पहिलो समस्या भनेको पूँजीको रहेको छ । हाल धितोपत्र कारोबार गर्न न्यूनतम २० कारोड पूँजी आवश्यक रहेको हुन्छ । जसमा अझै पनि ३० वटा ब्रोकरहरुले तोकिएको पूँजी पुर्याउन सकेका छैनन् । त्यसैगरि, दोस्रो समस्या भनेको मार्जिन कारोबार स्रोतको हो ।  

हाल २० करोड पुँजी पुगेका ब्रोकरहरुले पनि कुन स्रोतबाट मार्जिन कारोबार गर्न पाउने भन्ने ब्यबस्था छैन । जसको लागि ब्रोकरहरुले ग्राहकको मार्जिनलाई धितोको रुपमा राख्न पाउनु पर्ने माग गर्दै आएका छन् ।  

त्यसैगरि, अर्काे समस्या भनेको ब्रोकरहरुले आफ्नो कम्पनी वा कम्पनीसँग सम्बन्धित व्यक्तिहरुलाई सेयर कर्जा लिन वा दिन नपाउने भन्ने हो । रियल टाइम रिक्स क्यालकुलेसन विधि वा सफ्ट्वेयर नहुनु अर्को समस्या हो । हाल नयाँ टीएमएसमा आधुनिक सुविधा भएता पनि पुरानो टीएमएसमा उन्नत सुविधा रहेको छैन ।  

स्टक डिलरसँग मागिएन सुझाव  

नेपाल धितोपत्र बोर्डले अन्य सरोकारवालाहरु सँग मार्जिन कारोबारको लागि सुझाव मागेता पनि तत्काल प्रदान गर्न सक्ने र स्रोत भएका स्टक डिलरहरुसँग यस विषयमा कुनै सुझाव मागेको छैन । 

नगारिक स्टक डिलरस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार धितोपत्र बोर्डले हालसम्म यो स्टक डिलरसँग कुनै पनि सुझाव मागेको छैन । स्मरण रहोस् स्टक डिलरहरु ब्रोकर एसोशियसनमा आवद्ध रहेका छैनन् ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.