आईतवार, श्रावण ३,२०८३ 03:53:04
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 03:53:04
Bizshala
Global IME Bank Limited

नेप्सेले पठायो मार्जिन कारोबारसम्बन्धी तीन वटा सुझाव, ब्रोकर भने समस्यै समस्यामा

नेप्सेले पठायो मार्जिन कारोबारसम्बन्धी तीन वटा सुझाव, ब्रोकर भने समस्यै समस्यामा
New Office

काठमाण्डौ । नेपालमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ सालमा नै आएको हो । त्यो समयमा केही ब्रोकरहरुले नेप्सेबाट यस्तो सेवाको लागि अनुमति पत्र लिएका थिए । तर यो ब्यबस्था अहिलेसम्म कार्यान्वयनमा आउन भने सकेको छैन । पछिल्लोपल्ट सरकारले नीति तथा कार्यक्रममा समावेश गरे पछि धितोपत्र बोर्डले सरोकारवालाहरुसँग सुझाव मागेको छ ।  

जसमा नेपाल स्टक एक्सचेञ्जले तीन वटा सुझाव पठाएको छ । जसमा पहिलो नम्बरमा अनुमति पत्र नविकरणलाई सहज बनाउन नेप्सेले सुझाव दिएको छ । यसअघि २५ प्रतिशत विलम्ब शुल्क तिरेर नविकरण गर्ने तीन महिनाको ब्यबस्थालाई परिमार्जन गर्दै ६ महिना बनाउन सुझाव दिएको छ ।  

त्यसैगरि, मार्जिन कारोबार सुविधा सम्बन्धी २०७५ को बुँदा नम्बर ८ र ९ मा मार्जिन कारोबर सेवा दिनुपर्ने कम्पनी नेप्सेले तोक्नु पर्ने हालको व्यवस्थालाई लगानीकर्ता स्वयं वा धितोपत्र दलाल ब्यवसायिहरुले सुचिकृत कम्पनी छनोट गर्न सक्ने प्रावधान राख्न  सुझाव दिइएको छ ।  

साथै, मार्जिन कारोबार सम्बन्धी २०७५ मा कुन–कुन प्रकारका धितोपत्रमा मार्जिन कारोबार गर्न पाइने भन्ने ब्यबस्था स्पष्ट उल्लेख नभएका कारण कार्यविधिमा स्पष्ट तोक्नु पर्ने सुझाव दिइएको छ । नेपाल स्टक एक्सचेञ्जले सुझावहरु पठाएता पनि सीडीएससी र ब्रोकरलेे भने हालसम्म कुनै पनि सुझाव पठाउन सकेको छैन ।  

यस्ता छन् ब्रोकरहरुका समस्या  

धितोपत्र बोर्डले मार्जिन कारोबार सम्बन्धी सुझाव मागे पनि ब्रोकरहरु भने समस्या नै समस्यमा रुमलिएका छन् । यस अघि पनि केही ब्रोकरहरुले मात्रै अनुमतिपत्र मागेका थिए । यदि धितोपत्र बोर्डले मार्जिन कारोबारका लागि कार्यविधि बनाएता पनि सबै धितोपत्र ब्यवसायिहरुले धितोपत्र कारोबार गर्न योग्य हुने छैनन् ।  

जसमा ब्रोकरहरुको पहिलो समस्या भनेको पूँजीको रहेको छ । हाल धितोपत्र कारोबार गर्न न्यूनतम २० कारोड पूँजी आवश्यक रहेको हुन्छ । जसमा अझै पनि ३० वटा ब्रोकरहरुले तोकिएको पूँजी पुर्याउन सकेका छैनन् । त्यसैगरि, दोस्रो समस्या भनेको मार्जिन कारोबार स्रोतको हो ।  

हाल २० करोड पुँजी पुगेका ब्रोकरहरुले पनि कुन स्रोतबाट मार्जिन कारोबार गर्न पाउने भन्ने ब्यबस्था छैन । जसको लागि ब्रोकरहरुले ग्राहकको मार्जिनलाई धितोको रुपमा राख्न पाउनु पर्ने माग गर्दै आएका छन् ।  

त्यसैगरि, अर्काे समस्या भनेको ब्रोकरहरुले आफ्नो कम्पनी वा कम्पनीसँग सम्बन्धित व्यक्तिहरुलाई सेयर कर्जा लिन वा दिन नपाउने भन्ने हो । रियल टाइम रिक्स क्यालकुलेसन विधि वा सफ्ट्वेयर नहुनु अर्को समस्या हो । हाल नयाँ टीएमएसमा आधुनिक सुविधा भएता पनि पुरानो टीएमएसमा उन्नत सुविधा रहेको छैन ।  

स्टक डिलरसँग मागिएन सुझाव  

नेपाल धितोपत्र बोर्डले अन्य सरोकारवालाहरु सँग मार्जिन कारोबारको लागि सुझाव मागेता पनि तत्काल प्रदान गर्न सक्ने र स्रोत भएका स्टक डिलरहरुसँग यस विषयमा कुनै सुझाव मागेको छैन । 

नगारिक स्टक डिलरस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार धितोपत्र बोर्डले हालसम्म यो स्टक डिलरसँग कुनै पनि सुझाव मागेको छैन । स्मरण रहोस् स्टक डिलरहरु ब्रोकर एसोशियसनमा आवद्ध रहेका छैनन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.