३०% रकम तिरेर सकेजति सेयर किन्न पाइने, सेबोनको मार्जिन निर्देशिकाले बजारमा कस्तो प्रभाव पार्ला ?
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले 'मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२' स्वीकृत गरेको छ। यो निर्देशिका आगामी फागुन १ गतेदेखि लागू हुने भएको छ।धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले प्रदान गरेको अधिकार प्रयोग गरी बोर्डले पुरानो निर्देशिका (२०७४) लाई खारेज गर्दै नयाँ निर्देशिका तयार पारेको हो। यसले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मार्फत लगानीकर्तालाई...

