आईतवार, असार १४,२०८३ 02:00:14
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:00:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशिका जारी, कस्ता कम्पनी हुनेछन् योग्य र अधिकतम सीमा कति ?

Laxmi Sunrise Bank Limited
मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशिका जारी, कस्ता कम्पनी हुनेछन् योग्य र अधिकतम सीमा कति ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशिका, २०८२ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी मार्फत् लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलव्ध गराउने सम्बन्धी

कार्यलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी बोर्डले यो निर्देशिका बनाएको जनाएको छ ।

यो निर्देशिका फागुन १ गतेबाट लागू हुनेछ ।

निर्देशिकाका अनुसार मार्जिन कारोवारका लागि सूचिकृत संगठित संस्थाको सेयर मात्र योग्य हुनेछ ।

कस्ता संस्थाको सेयर योग्य हुनेछन् ?

(क) कम्तिमा २५ लाख कित्ता सर्वसाधारण शेयर (लकइन भएका शेयर बाहेक) सूचिकरण भएको,

(ख) नेटवर्थ चुक्ता पुँजी बराबर वा सो भन्दा बढी भएको,

(ग) पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको,

(घ) प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत् निष्काशन भएको शेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको ।

मार्जिन कारोवार सुविधा प्रदान गर्ने  धितोपत्र दलाल व्यवसायीको योग्यताः

मार्जिन कारोवार सुविधा प्रदान गर्न चाहने बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीले देहाय बमोजिमको

योग्यता पूरा गरेको हुनुपर्नेछ ।

(क) चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ भएको,

(ख) राफसाफ सदस्यता प्राप्त गरेको,

(ग) निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको शेयरधनी रहेको वा सहायक कम्पनीको रुपमा रहेका धितोपत्र दलाल व्यवसायीको मुख्य कम्पनीले निक्षेप सदस्यता प्राप्त गरेको ।

New Office
CG Motors
Garima Development Bank

धितोपत्र बजारको सहमति लिनुपर्नेः

(१) धितोपत्र दलाल व्यवासायीले लगानीकर्तालाई मार्जिन कारोवार सुविधा दिनु अगावै लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरण सहित धितोपत्र बजारमा सहमतिको लागि निवेदन पेश गर्नु पर्नेछ ।

(२) धितोपत्र बजारले उपदफा (१) बमोजिम प्राप्त भएको निवेदनका सम्बन्धमा आवश्यक अध्ययन गरी सहमति प्रदान गर्नेछ र सोको जानकारी बोर्डलाई समेत गराउनु पर्नेछ ।

(३) यस निर्देशिका लागू हुनुपूर्व धितोपत्र बजारबाट मार्जिन कारोवार सुविधा प्रदान गर्न सहमति लिएका धितोपत्र दलाल व्यवसायीले पुनः सहमति लिइराख्नु पर्नेछैन । तर, यस निर्देशिका बमोजिम योग्यता पुगेको कागजात एक महिनाभित्र धितोपत्र बजारमा पेश गर्नुपर्नेछ ।

प्रारम्भिक मार्जिन र सम्भार मार्जिन सम्बन्धी व्यवस्थाः

(१) धितोपत्र दलाल व्यवासायीले सूचिकृत संगठित संस्थाको शेयरको बजार मूल्यको न्यूनतम ३० प्रतिशतले हुन आउने रकम लगानीकर्ता सँग प्रारम्भिक मार्जिनको रुपमा लिनु पर्नेछ ।

(२) मार्जिन कारोवार सुविधा अन्तर्ग त खरिद गरिएको शेयर, मार्जिन रकम तथा सम्बन्धित ग्राहकको विवरण छुट्टाछुट्टै अभिलेख बनाई राख्नु पर्नेछ ।

(३) मार्जिन सुविधा अन्तर्गत खरिद भएको शेयरको मूल्यांकन दैनिक रुपमा मार्क् ड टु मार्केटको आधारमा गर्नुपर्नेछ । तर उक्त शेयरको मूल्यमा भएको बृद्धिको आधारमा थप सुविधा दिन पाइने छैन ।

(४) ग्राहकको जोखिम मूल्यांकन, बजारको अवस्था तथा सूचिकृत संगठित संस्थाको शेयरमा निहित जोखिमलाई दृष्टिगत गरी धितोपत्र दलाल व्यवसायीले उपदफा (१) मा उल्लिखित मार्जिनभन्दा बढी मार्जिन माग गर्न सक्नेछ ।

(५) धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्तासँग न्यूनतम २० प्रतिशतले हुन आउने रकम सम्भार मार्जिन कायम राख्नुपर्नेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मार्जिन कल तथा शेयर बिक्री सम्बन्धी व्यवस्थाः

(१) शेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण लगानीकर्ताले मार्जिन कारोवार सुविधा अन्र्तगत खरिद गरेको शेयरमा आवश्यक पर्ने सम्भार मार्जिन कायम गर्ने दायित्व लगानीकर्ताको हुनेछ । लगानीकर्ताले उक्त मार्जिन कायम गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई मार्जिन कल गर्नुपने छ ।

(२) उपदफा (१) बमोजिम मार्जिन कल गरेपश्चात् आवश्यक मार्जिन कायम नगरेमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अन्र्तगत खरिद गरेको शेयर बिक्री गर्न सक्नेछ ।

(३) धितोपत्र दलाल व्यवसायीले मार्जिन कल गर्ने तथा शेयर बिक्री गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा आफ्नो कार्य प्रकृयामा राख्नुपर्नेछ ।

(४) उपदफा (२) बमोजिम शेयर विक्री पश्चात् सम्बन्धित ग्राहकसँग हिसाव फछ् र्र्याैट गरी सोको जानकारी धितोपत्र बजारलाई गराउनु पर्नेछ ।

(५) यस दफामा जुनसुकै कुरा लेखिएको भएतापनि लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले लगानीकर्तासँग उक्त मार्जिन कायम गर्न आवश्यक रकम बराबरको धितोपत्र बजारमा सूचिकृत “ए”, “बी” र “जी” वर्गमा रहेका संगठित संस्थाको शेयर धितोको रुपमा लिन सक्नेछ । उक्त शेयरको मूल्य गणना गर्दा बजार मूल्यको ६० प्रतिशतले हुन आउने मूल्यलाई मात्र गणना गर्नुपर्नेछ ।

(६) शेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण सम्भार मार्जिन कायम हुन आएमा उपदफा (५) बमोजिम धितोमा राखिएको शेयर लगानीकर्ताको अनुरोधमा धितोपत्र दलाल व्यवसायीले फुकुवा गरिदिनु पर्नेछ ।

मार्जिन कारोवार सुविधा प्रदान गर्न सकिने अधिकतम सीमाः

(१) धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्नेछ ।

(२) धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्य वा सम्बद्ध संस्थालाई मार्जिन सुविधा प्रदान गर्दा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्न सक्ने कुल मार्जिन सुविधाको बढिमा १० प्रतिशतभन्दा बढी मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्नेछैन ।

(३) धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा प्रदान गर्दा लगानी विविधिकरणलाई समेत ध्यान दिनुपर्नेछ ।

मार्जिन कारोवारको राफसाफ सम्बन्धी व्यवस्थाः

(१) धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अन्तर्गत खरिद भएको शेयर दैनिक रुपमा कारोवार गर्दा वा कारोवार पश्चात् वा राफसाफको समयमा पहिचान गरी राख्नुपर्नेछ ।

(२) मार्जिन कारोवार सुविधा प्राप्त गर्न लगानीकर्ताले धितोपत्र दलाल व्यसायीमार्फत् छुट्टै मार्जिन कारोवार खाता र मार्जिन कारोवार हितग्राही खाता खोल्नुपर्नेछ ।

(३) धितोपत्र दलाल व्यवसायी (राफसाफ सदस्य) ले राफसाफ प्रयोजनका लागि केन्द्रीय निक्षेप कम्पनीमा मार्जिन कारोवार राफसाफ हितग्राही खाता खोल्नुपर्नेछ ।

(४) मार्जिन कारोवार गर्ने लगानीकर्ताको मार्जिन कारोवार हितग्राही खातालाई धितोपत्र दलाल व्यवसायी मार्फत खोलिएको मार्जिन कारोवार खाता र राफसाफ सदस्यको मार्जिन कारोवार राफसाफ हितग्राही खातासँग आबद्ध गर्नुपर्नेछ

मार्जिन कारोवार सुविधाको समयावधिः

(१) यस निर्देशिका बमोजिम उपलब्ध मार्जिन कारोवार सुविधाको समयावधि बढीमा एक वर्षसम्म हुनेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको समयावधिपश्चात् नविकरण गर्न सकिनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.