IME remit
  • बुधबार, कार्तिक १४,२०८१ 09:04:02
IME remit
Global IME Bank Limited

नेप्सेमा भित्रियो बुल, दशैंअघिसम्म उद्घाटनको तयारी

Hyundai Nepal
नेप्सेमा भित्रियो बुल, दशैंअघिसम्म उद्घाटनको तयारी
Nabil Bank Limited

काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को प्राँगणमा बुलको प्रतिमा भित्रिएको छ। नेप्सेको प्रांगणमा आज बुलको प्रतिमा भित्रिएको हो। बुल निर्माणको काम ललितपुरको पाटनमा भएको थियो ।    

उक्त प्रतिमा नेपाली कालीगढको समूहले निर्माण गरेका हुन् । यो प्रतिमा उद्घाटन दशैंअघिसम्म सकिने जनाइएको छ ।  बुलको निर्माण ढलौटबाट भएको छ र यसको उचाई ६ फिट र लम्बाई ८ फिट रहेको छ । बुलको तौल भने ६ टनको छ ।  

लगानीकर्ताले लामो समय देखि नेप्सेमा बुल राख्नु पर्ने माग राख्दै आएका थिए । विश्वका अन्य सेयर बजारमा पनि सेयर बजारको प्रतिकात्मक रुपमा बुलको प्रतिमाहरु राख्ने प्रचलन रहेकोमा नेपालमा पनि यसको सुरुवात गर्न लागिएको नेप्से प्रवक्ता मुराहरि पराजुलीले बताए । पछिल्लो समय केही ब्रोकर हाउसहरुले पनि आफ्नो ब्रोकर हाउसमा बुलको प्रतिमा राख्न थालेका छन् । नेपाल स्टक हाउस ब्रोकर नम्बर १४ ले आफ्नो नयाँ भवन बने पछि सबैले देख्ने गरि बुलको प्रतिमा राखेको छ ।  

बुललाई बजार बढ्दो बजारको संकेतको रुपमा लिइने गरिन्छ ।  

Bizshala
Shivam Cement
CG Motors

किन र कसरी राखियो वालस्ट्रिटमा बुलको तस्बिर ?

सन् १९८७ मा अमेरिकी सेयर बजार वालस्ट्रिट स्टक मार्केट् क्यास हुँदा यसलाई ब्ल्याक मनडेको नाम दिइएको थियो । त्यस पछि १४ डिसेम्बर १९८९ मा एक इटालियन कलाकारले अवैधानिक रुपमा बुलको प्रतिमा न्यूर्योक स्टक एक्सचेञ्ज अगाडी राखे । जसलाई त्यहाँ स्थित प्रहरी प्रशासनले हटाएको थियो । तर पछि २० डिसेम्बरमा १९८९ मा नै त्यसलाई अस्थाइ रुपमा राख्न त्यहाँको प्रशासनले अनुमति दियो । केही समयमा नै यो पर्यटकका लागि आकर्षण बन्न पुग्यो ।  

त्यस पछि भने यसलाई  हालसम्म पनि न्यूर्योक स्टक एक्सचेञ्जमा राखिएको छ । जसको उचाइ ४.९ मिटर रहेको छ भने ३ हजार २०० किलो ग्राम रहेको छ । पछि तिनै व्यक्तिले जर्मन र फ्रान्समा पनि बुलको प्रतिमा निर्माण गरेका थिए । अमेरिकामा पर्यटकको आकर्षण बढेपछि डी मोडिकालाई ३ लाख ६० हजार अमेरिकी डलर पुरस्कार पनि दिइएको थियो । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.