बिहीबार, आश्विन २९,२०८३ 08:47:10
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 08:47:10
Bizshala
Global IME Bank Limited

नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया तीव्र पार्ने सेबोनको तयारी, स्वार्थ समूह भने रोक्ने खेलमा

Bizshala
नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया तीव्र पार्ने सेबोनको तयारी, स्वार्थ समूह भने रोक्ने खेलमा
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउने भएको छ ।  

बोर्डले केही महिनाअघि गठन गरेको समितिले सञ्चालक समितिसमक्ष आफ्नो प्रतिवेदन पेश गरिसकेको छ । यसकै आधारमा अब धितोपत्र बोर्डले सञ्चालक समितिको बैठक राखेर बाँकी प्रक्रियाहरुलाई तीव्र गतिमा अगाडि बढाउने तयारी गरेको हो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सेबोनस्थित स्रोतका अनुसार समितिले आवश्यक अध्ययन गरेर मिलाउनुपर्ने प्रक्रियाहरुको विषयमा समेत उपयुक्त सुझावसहितको प्रतिवेदन पेश गरिसकेको छ । अब यो प्रतिवेदनको स्वामित्व ग्रहण गरी यसकै आधारमा अगाडि बढ्ने गरी सञ्चालक समितिको बैठकले निर्णय गर्ने स्रोतको भनाई छ । 

'सम्भवतः यही साताभित्र सेबोनको सञ्चालक समितिको बैठक बस्नेछ । सोही बैठकले समितिले दिएको प्रतिवेदन ग्रहण गरी त्यसलाई तीव्र गतिमा कार्यान्वयनमा लैजानेछ ।' स्रोतले भन्यो-' नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोक्नका लागि विभिन्न शक्तिकेन्द्रहरुले चलखेल गरिरहेका कारण समेत यो प्रक्रियालाई चाँडो टुंगोमा पुर्याउनुपर्ने आवश्यकता देखिएको छ।' 

बजार तथा लगानीकर्ताको मागअनुसार चिन्तामणि शिवाकोटी संयोजकत्वको कार्यदलले समेत नयाँ स्टक एक्सचेञ्जको आवश्यकता औंल्याई सोहीअनुसारको प्रतिवेदन दिए पनि यो तथ्यलाई तोडमोड गरी आफूले लाइसेन्स नपाउने भयकै कारण केही व्यवसायिक घरानाहरुले नयाँ स्टक एक्सचेञ्जको खेल बिगार्ने चलखेल सुरु गरेका स्रोतहरुको दाबी छ ।  

'आफूले लाइसेन्स पाउने अवस्था हुँदा 'ठीक' भन्ने, त्यस्तो अवस्था नदेख्दा 'बेठीक' भन्ने तर्क गरियो । हुँदा हुँदा सरकारले गठन गरेको रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनमा समेत स्वार्थ समूहले खेल्ने काम गरे । तर उनीहरुले आयोगमार्फत सरकारलाई दिने सुझाव मात्र हो भन्ने कुरा भूले ।' अर्थमन्त्रालयस्थित स्रोतले भन्यो-'केही निजी क्षेत्रका प्रतिनिधि तथा व्यवसायिक घरानाका प्रतिनिधिहरु समेत आयोगको सदस्य थिए, उनीहरुकै स्वार्थमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्ने षड्यन्त्र गरियो ।'

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सो स्वार्थ समूहले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स कुनै पनि हालतमा रोक्ने र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को पुनरसंरचनाको नाममा आफ्नो स्वामित्व स्थापित गरी सेयर लिएर पूँजीबजारमा रजाईं गर्ने योजना बनाएको मन्त्रालयका उच्चपदस्थ कर्मचारी नै बताउँछन् ।  

'अर्थमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्मलाई पछिल्लो समय केही व्यवसायिक घरानाले स्वार्थअनुकूल प्रयोग गरिरहेको छ । कर्मचारी भन्छन्-'तिनै समूहको स्वार्थको जाँतोमा नयाँ स्टक एक्सचेञ्जको विषय पिसिएको छ । यस्तो गलत हुनुहँदैन ।'  

सेबोनको के छ तयारी ?

सेबोनले भने चिन्तामणि शिवाकोटी संयोजकत्वको समिति र अर्थमन्त्रालय समेतको रायका आधारमा आवश्यक कानूनी अड्चनहरु फुकाएर सकेसम्म चाँडो सक्षम आवेदक(कम्पनी)लाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने तयारी गरेको छ ।  

यही साताभित्र सञ्चालक समितिको बैठक राखेर समितिले दिएको प्रतिवेदन अगाडि बढाउने र यसअघि नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन दिएका कम्पनीहरुको उचित मूल्याङ्कन गरी योग्यलाई लाइसेन्स दिने निर्णय गरिने स्रोतले स्पष्ट पारेको छ ।  

यसअघि नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि हिमायलन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचञ्ज र अन्नपूर्ण स्टक एक्सचेञ्जको नामबाट आवेदनहरु परेका छन् । यी तीनमध्ये योग्य कम्पनीले लाइसेन्स पाउने देखिन्छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.