शनिबार, फाल्गुन १०,२०८१ 10:01:53
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:01:53
IME remit
Global IME Bank Limited

नयाँ छलाङ मार्न शक्ति सञ्चय गर्दै नेप्से, यस्ता छन् २५०० माथि पुग्ने प्राविधिक आधार

Hyundai Nepal
नयाँ छलाङ मार्न शक्ति सञ्चय गर्दै नेप्से, यस्ता छन् २५०० माथि पुग्ने प्राविधिक आधार
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता सबै कारोबार दिनमा बजार राताम्मे भयो ।  

अघिल्लो साता २१५५.८२  अंकमा बन्द भएको बजार यो साता २०८४.०९  अंकमा बन्द भयो । यस हिसाबले यो साता ७१.७९ अंकले नेप्से घट्यो । अघिल्लो साता भने बजार  ६६.८३  अंकले बढेको थियो ।  

यो साता दोस्रो बजारमा २६ अर्ब कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता  ३१.४२  अर्ब थियो । यस हिसाबले यो साता कारोबार र सूचक दुबैमा गिरावट आयो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

यो साताको अन्तिम दिनको कारोबारपछि नेप्सेको कुल बजार पूँजीकरण ३२ खर्ब ७३ रुपैयाँ रह्यो । यस्तो बजार पुँजीकरण अघिल्लो साता ३३ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो । यस हिसाबले यो साता बजार घट्दा लगानीकर्ताले १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति गुमाए ।  

प्राविधिक पक्ष 

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर  एकदिनदेखि एकसय बर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सीले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यो साताको बजारलाई लगानीकर्ताको मनोविज्ञान, बजारले बनाएको चक्र, कारोबार र कारोबार रकम समेतको आधारमा हेर्दा हालको करेक्सन माइनर डिग्रीको वेभ ५ सिद्धिएपछिको वेभ एबीसी चलेको  देखिन्छ । जसलाई कारोबार र भोलुमले पनि पुष्टि गरेको छ ।  

पछिल्लो समयको बजारलाई नियाल्दा के विषय प्रष्ट हुन्छ भने बजारले इलिअट वेभको सिद्धान्तअनुसार चलेको छ र आगामी दिनमा पनि चल्नेछ । यस हिसाबले यही सिद्धान्तलाई टेकेर नेप्सेका आगामी यात्रा अनुमान गर्नुपर्दा तथा बजार अनुसन्धान र लगानीकर्ताको मनोविज्ञानलाई समेत मध्यनजर गरेर हेर्दा यो साताको करेक्सन भनेको सानो समय अवधिको एबीसी करेक्सन नै हो । अर्थात यो साता लगातार पाँच दिन नै बजार घटेर वेभ ए चल्यो । आगामी साता बजारमा सुधार आएर बी चल्नसक्छ ।  

त्यसपछि वेभ सी चलेर केही समय बजारले २ हजार २० देखि २ हजार ६० को कुनै पनि विन्दुबाट केही समयको शक्ति सञ्चयपछि इलिअट वेभको थर्ड अफ थर्ड हुने र बजार २५ सयमाथि नै हुने आधार अहिले बजारले बनाउँदै गरेको देखिन्छ । यसका लागि केही समय बजार यही विन्दु आसपास घुम्नसक्छ, तर २ हजारभन्दा तल  खस्दैन भन्ने अहिलेको विश्लेषण हो । जसलाई पछिल्लोपल्ट लगातार २ साताको ५५ अर्ब माथिको कारोबारले थप पुष्टि गर्नसक्छ ।  

बोलिङ्गर ब्यान्ड, म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा अघिल्लो साता शुटिङ स्टार बनाएको बजारले यो साता पनि अपरब्याण्डमा प्रतिरोध सामना गरेको देखिन्छ । साप्ताहिक रुपमा हेर्दा यदि बजार मध्यब्याण्डसम्म आउँछ भने त्यो भने त्यो १९७५ सम्म हुनसक्छ । म्याक्डीमार्फत नियाल्दा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ ।  

आरएसआईमार्फत हेर्दा करिब ६२ को तहबाट एम आकार बनाएर खसेपछि ५६ को बिन्दुमा आएको छ । समग्रमा तीनवटै इण्डिकेटर नियाल्दा यो साता बजारमा बिक्री दवाब परेको बुझिन्छ ।  

पिभट विश्लेषण

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२३३८

प्रतिरोध २ –२२७७

प्रतिरोध १– २२१६

पिभट प्वाइन्ट: २१५४

घटेमा सपोर्ट  

सपोर्ट १– २०९४

सपोर्ट २– २०३२

सपोर्ट  ३ –१९७२

निश्कर्ष: यो साता पाँच कारोबार दिन नै बजार घट्दा नेप्से सूचक र कारोबार दूवैमा गिरावट आयो । अघिल्लो साता बुधबारदेखि हिसाब गर्ने हो भने बजार निरन्तर रुपमा ७ वटा कारोबार दिनमा घटेको छ । फिवोनासी श्रृंखला अनुसार हेर्दा ३, ५, ८ र १३ का अंक महत्वपूर्ण हुने गर्छन । यसकारण आगामी दिनको पहिलो कारोबार दिनबाटै बजार सम्हालिनसक्छ । किनकी यसअघि लगतार ७ दिन बजार घटेको छ ।  

इलिअट वेभमार्फत नियाल्दा यो साता बजारमा एबीसी करेक्सन चलेको देखिन्छ । यो साता २०८४ मा बन्द भएको बजारले २०६० को बलियो सपोर्ट लियो भने वा यसअघिको  ग्यापअप ओपनिङ इन्ट्रा डेमा मात्रै भए पनि परिपूर्ति भयो भने बजार सम्हालिनसक्छ । त्यो भनेको वेभ बी हुनसक्छ  ।  

आगामी साता पनि बजारमा एबीसी चक्र नै चलेर केही सयम २०२० देखि २०६० सम्मको कुनै पनि विन्दुलाई टेष्ट गरेर बजारमा इलिअट वेभको थर्ड अफ थर्ड चल्न सक्छ । त्यो भनेको बजार कम्तीमा पनि २५ सय माथि नै पुग्नसक्छ भन्ने हो । यस हिसाबले हेर्दा बजारको अल्पकालीन करेक्सन अझै नसकिएको, तर मध्य र  दीर्घकालमा भने नयाँ छलाङ मार्न शक्ति सञ्चय गर्दै गरेको देखिन्छ । यसकारण बजारमा इलिअट वेभ,  इन्डिकेटर, डाउ थेउरी, कारोबार तथा कारोबार रकममार्फत हेर्दा यसपटक बजार २ हजार भन्दा तल जाँदैन भन्ने देखिन्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यस्ता यो विश्लेषण कारोबारका लागि कुनै पनि सिफारिस भने होइन ।)

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.