आईतवार, आश्विन ४,२०८३ 04:39:19
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 04:39:19
Bizshala
Global IME Bank Limited

सेयरबजारबाट एक वर्षमै गायब भयो रु.१.९४ खर्बको कारोबार, कहाँ गयो पैसा ?

सेयरबजारबाट एक वर्षमै गायब भयो रु.१.९४ खर्बको कारोबार, कहाँ गयो पैसा ?
New Office

काठमाण्डौ । नेपाली सेयरबजारमा लगानीकर्ताको सक्रियता उल्लेख्य रूपमा घटेको देखिएको छ ।  

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिना साउनमा कुल ९५ अर्ब ३५ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  

यो कारोबार गत आर्थिक वर्षको साउनको तुलनामा ६७.०७ प्रतिशत कम हो । गत वर्ष साउनमा नेप्सेमा करिब २ खर्ब ८९ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

यस आधारमा एक वर्षमै सेयरबजारको कारोबार रकम १ खर्ब ९४ अर्ब २३ करोड रुपैयाँभन्दा बढीले घटेको छ । अर्थात् गत वर्ष साउनमा भएको प्रत्येक १०० रुपैयाँ बराबरको कारोबारको तुलनामा यस वर्ष करिब ३३ रुपैयाँ बराबरको कारोबार मात्रै कायम भएको देखिन्छ ।

ठूला लगानीकर्ता निष्क्रिय हुँदा कारोबारमा धक्का ?

पछिल्लो समय सरकारले केही ठूला व्यवसायी तथा पूँजीबजारसँग जोडिएका व्यक्तिको कारोबारमाथि अनुसन्धान बढाएका कारण कारोबार धक्का पुगेको छ । जेठमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धितोपत्रसम्बन्धी कसुरको अनुसन्धानका क्रममा ५६ जना लगानीकर्ता तथा विभिन्न कम्पनीका पदाधिकारीको सेयर कारोबार रोक्का राख्न र विवरण उपलब्ध गराउन सेबोनलाई पत्राचार गरेको थियो ।

त्यसपछि साउनमा केही ठूला लगानीकर्ता र सम्बन्धित केही व्यक्तिका बैंक खाता पनि अनुसन्धानका क्रममा रोक्का गरिएको थियो ।

ठूला कारोबारी तथा उनीहरूसँग जोडिएका खातामाथिको रोक्का र अनुसन्धानले बजारमा ठूलो रकम परिचालन गर्ने समूहको सक्रियता घटाएको हुनसक्ने चर्चा बजार वृत्तमा छ । बजार घट्नुमा लगानीकर्ताको मनोबल, मूल्यको उतारचढाव, ठूला लगानीकर्ताको अनुपस्थिति तथा लगानी रणनीतिमा आएको परिवर्तनजस्ता अन्य कारण पनि हुने सक्ने अनुमान गरिएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

अधिकांश समूहमा कारोबार घट्यो

राष्ट्र बैंकको तुलनात्मक तथ्यांकअनुसार गत वर्षको साउनको तुलनामा नेप्सेमा सूचीकृत अधिकांश समूहको कारोबार रकम खुम्चिएको देखिन्छ । डिबेञ्चर भने यो प्रवृत्तिको अपवाद बनेको छ ।

सेयरबजारमा जोखिम बढेको अनुभूति र मुद्दती निक्षेपको ब्याजदर घट्दै गएको अवस्थामा केही लगानीकर्ता निश्चित प्रतिफल दिने ऋणपत्र अर्थात् डिबेञ्चरतर्फ आकर्षित भएका थिए । यसले डिबेञ्चर कारोबारलाई अन्य समूहको तुलनामा फरक दिशा दिएको देखिन्छ ।

सबैभन्दा बढी घट्ने समूहमा अन्य समूह रहेको छ । यो समूहको सेयर कारोबार ९०.०९ प्रतिशतले घटेको छ ।  

त्यस्तै, माइक्रोफाइनान्स मूह ८९.०९ प्रतिशत, प्रोमोर सेयर ८४.२१ प्रतिशत, म्युचुअल फण्ड समूह ८३.६० प्रतिशत, निर्जीवन बीमा समूह ८३.२१ प्रतिशत, जीवन बीमा समूह ८१.३३ प्रतिशत, विकास बैंक समूह ७६.९२ प्रतिशत, व्यापार समूह ७४.३६ प्रतिशत, लगानी समूह ६९.७९ प्रतिशत, होटल तथा पर्यटन समूह ६०.९७ प्रतिशत, वाणिज्य बैंक समूह ६०.२३ प्रतिशत, हाइड्रो समूह ५८.६० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४९.३४ प्रतिशत र फाइनान्स समूह ४१.१३ प्रतिशतले घटेको छ ।  

Muktinath Bikas Bank Limited

बजारबाट गायब भयो झण्डै दुई खर्बको कारोबार

एक वर्षको अन्तरमा कारोबार रकम २.८९ खर्ब रुपैयाँबाट ९५.३५ अर्ब रुपैयाँमा झर्नु सामान्य संकुचन होइन । यसले बजारमा सक्रिय पूँजी, ठूला कारोबारीको सहभागिता र लगानीकर्ताको जोखिम लिने क्षमतामा आएको ठूलो परिवर्तन देखाउँछ ।

यसअघि सेयर धितो कर्जा भने एक वर्षमै करिब २२ अर्ब रुपैयाँले बढेर १ खर्ब ६६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । त्यसको ठीक विपरीत दोस्रो बजारको कारोबार रकम करिब १ खर्ब ९४ अर्ब रुपैयाँले घट्नु अझ रोचक देखिन्छ ।

अर्थात् बैंकबाट सेयर धितोमा कर्जा बढिरहेको छ, तर दोस्रो बजारमा कारोबार भने एकतिहाइ हाराहारीमा खुम्चिएको छ । यही विरोधाभासले अहिले पूँजीबजारमा एउटा महत्वपूर्ण प्रश्न खडा गरेको छ, पैसा बैंकबाट निस्किरहेको छ, तर बजारमा किन देखिँदैन ?

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.