शनिबार, फाल्गुन १०,२०८१ 09:59:25
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:59:25
IME remit
Global IME Bank Limited

यसपटकको बुलमा बीमा कम्पनीले जादू देखाउलान् ? लगानीका लागि कस्ता कम्पनी छान्ने ?

Hyundai Nepal
यसपटकको बुलमा बीमा कम्पनीले जादू देखाउलान् ? लगानीका लागि कस्ता कम्पनी छान्ने ?
Nabil Bank Limited

काठमाण्डौ । लामो समयसम्म साइडवेजमा चलेको सेयरबजारमा बुल आउन थालेको छ । सत्तासमिकरणपश्चात एकाएक बढ्न थालेको सेयरबजारले आम लगानीकर्ताहरुको मनोबल बढाएको छ ।  

गत आर्थिक वर्षभरी अर्थतन्त्र चलायनमान नहुँदा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य कम्पनीहरुको व्यवसाय फस्टाउन सकेको थिएन । अर्थतन्त्रमा सुधार नआउँदा पुँजीबजारमा समेत यसले असर पारेको थियो । सेयरबजार लगातार वियरिस ट्रेण्डमा नै चलेको थियो ।  

तर केही समययता देशको अर्थतन्त्र सुधाँरिदै गएको छ । बैंकहरुमा तरलता फालाफाल छ । कर्जा तथा निक्षेपको ब्याजदर घट्दो अवस्थामा छ । सेयरबजार विस्तारै बुलिस ट्रेन्डमा चल्न थालेको छ । अझै भन्नुपर्दा अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनले सेयर लगानीकर्ताहरु उत्साहित भएका छन्, जसले गर्दा बजारले लय समात्न थालेको छ ।  

यसअघि विष्णु पौडेल ४ पटक अर्थमन्त्री बनिसकेका छन् । पौडेल ५औं पटक अर्थमन्त्री बनेका हुन् । यसअघि अर्थमन्त्री हुँदा पनि सेयरबजारले बुलिसको इतिहास रचेको थियो । बजारका लागि नीतिगत कुराहरु खासै केही नआएपनि विष्णु पौडेल अर्थमन्त्री बनेपछि बजारले एकाएक लय समात्ने वा बुल आउने खालको ‘ट्रेन्ड’ जस्तै चलेको छ ।  

सरकारमा र नेपाल राष्ट्र बैंकको गर्भनर एउटै पार्टीको हुँदा मौद्रिक नीति समेत लचिलो आउन सक्ने लगानीकर्ताहरुको अनुमान छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजारले लगानीको माहोल बनाएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

नयाँ लगानीकर्तासँगै संस्थागत लगानीकर्ताहरु धमाधम बजार प्रवेश गर्न थालेका छन् । बजारमा ठूलो रकम भित्रिन थालेको छ । सेयरबजारमा बुल आउँदा सेक्टरवाइज सबै कम्पनीका सेयरभाउ बढ्न थालेको छ ।  

पछिल्लो केही समययता इन्स्योरेन्स कम्पनीहरु समेत बजारमा चल्न थालेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार पनि इन्स्योरेन्स समूहका कम्पनीहरु सर्वाधिक कारोबार हुने कम्पनीमा परेको छ । बीमा कम्पनीहरु पनि लगानीकर्ताहरुको रोजाईमा पर्न थालेको देखिन्छ ।  

हाइक्याप भएका बैंकिङ्ग इन्डेक्स बढ्दा समग्रमा नेप्से इन्डेक्स बढ्न पुगेकोे बजार जानकार सरोज भट्टराई बताउँछन् । ‘अहिले बजार बुलिस ट्रेन्डमा चलेको छ, यस्तो समयमा सबै खालका कम्पनीहरु चल्छन्, सेक्टरवाइज हेर्नुपर्दा बुलिस मार्केटमा लो र हाई क्याप भएका दुबै खालका कम्पनीहरु चल्छन्’ उनले भने, ‘प्रतिशतका आधारमा बढी रिटर्न पाउने हो भने यस्तो समयमा हाइ क्याप भएका सस्तो कम्पनीहरु छान्दा उचित हुन सक्छ ।’

इन्स्योरेन्स सेक्टरमा कम्पनी छान्नुपर्दा नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन बाँकी रहेका कम्पनीहरु छान्दा बढी रिटर्न पाउने सक्ने भट्टराईको भनाई छ ।  

‘बजारमा इन्स्योरेन्स सेक्टर पनि चल्ने सेक्टर हो, बुलिस मार्केटमा लगानी गर्नको लागि इन्स्योरेन्स कम्पनीको स्टक छान्ने हो भने पुँजी पुर्याउन बाँकी रहेका कम्पनीहरु छान्दा फाइदा हुन सक्छ’ उनले भने, ‘त्यस्ता कम्पनीहरुले राईट सेयर वा यो आवको लागि उत्कृष्ट बोनस दिन सक्ने बढी सम्भावना हुँदा त्यस्ता कम्पनी छान्दा लगानीकर्ताले बढी प्रतिफल पाउन सक्छन् ।’

बजारमा नयाँ लगानीकर्ताहरु धमाधम प्रवेश गरेका छन् । ठूला रकम लिएर संस्थागत लगानीकर्ताहरु पनि सेयरबजारमा लगानी गर्न होम्मिएका छन् । यस्तो अवस्थामा त्यस्ता लगानीकर्ताहरु हकप्रद जारी गर्न लागेका वा बोनस सेयर जारी गर्ने खालका कम्पनीहरुमा बढी आकर्षित हुने भट्टराई बताउँछन् ।  

‘यतिबेला पुँजी नपुगेका थुप्रै बीमा कम्पनीले पुँजी बढाउने प्रयोजनकै लागि हकप्रद निष्कासन गर्ने तयारी गरेका छन्, साथै केही कम्पनीले यो वर्षको लागि बोनस बाँडेरै पुँजी बढाउने सम्भावना बढी छ’ उनले भने, ‘लामो समयको लागि तर उचित प्रतिफल पाउने हो भने यस्तो कम्पनीमा लगानी गर्दा उचित हुन सक्छ ।’

त्यस्तै, अर्का बजार जानकार महेश रिजाल पनि पुँजी नपुगेका बीमा कम्पनीमा लगानी गर्दा बढी प्रतिफल पाउन सक्ने बताउँछन् । ‘बजारमा हाई भन्दा लो क्याप भएका कम्पनीहरु बढी चल्ने गरेको छ, यसर्थ पनि पुँजी नपुगेको बीमा कम्पनीहरुमा लगानी गर्दा रिटर्न पाउने बढी सम्भावना हुन्छ’ उनले भने, ‘लो क्याप भएका कम्पनीहरुको डिमाण्ड बढी हुने भएकाले ह्वात्तै सेयरभाउ घट्ने चान्स कम हुन्छ, यसकारण यस्ता कम्पनीहरुमा लगानी गर्दा जोखिम कम हुन सक्छ ।’

इन्स्योरेन्स सेक्टरमा पनि जीवन भन्दा निर्जीवन बीमा कम्पनीहरु बढी चल्ने गरेको रिजालको भनाई छ । ‘जीवन बीमाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको पुँजी कम छ, यसकारण पनि बजारमा निर्जीवन बीमा कम्पनीको बढी डिमाण्ड छ’ उनले भने, ‘डिमाण्ड बढेपनि सेयरभाउ पनि बढी हुन जानु स्वभाविक हो ।’

जीवन बीमा कम्पनीको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय पनि ह्वात्तेै नघट्ने भएकाले यस्ता कम्पनीको सेयरमा लगानी गर्दा फाइदा हुन सक्ने उनको भनाई छ । ‘पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी त्याग गर्नेको संख्या बढ्दो छ, यसले यस्ता कम्पनीको व्यवसाय खुम्चिन जान्छ र सेयरधनीलाई दिने प्रतिफल घट्न सक्छ’ उनले भने, ‘निर्जीवन बीमा कम्पनीहरुमा स्वास्थ्य बीमा, मोटर बीमा र थर्ड पार्टी इन्स्योरेन्स जस्ता बीमाहरु अनिवार्य हुने भएकाले पनि यस्तो कम्पनीको विजनेश झट्टै घट्ने सम्भावना रहँदैन ।’

निर्जीवन बीमा कम्पनीहरुमा पनि पुँजी कम भएको कम्पनी छान्दा बढी रिटर्न पाउन सक्ने रिजालको भनाई छ ।  

त्यस्तै, अर्का बजार जानकार विरेन्द्र विष्ट भने अहिलेको बुलिस मार्केटमा इन्स्योरेन्स सेक्टर भन्दा हाईड्रो र बैंक समूहमा लगानी गर्दा बढी फाइदा हुन सक्ने बताउँछन् ।  

‘बजारले लय समात्न थालेको छ, अहिले जस्तो सुकै कम्पनीहरु पनि चलेका छन्, तर अझै विचार पुर्याउने हो भने २–३ को हाराहारी वा सो भन्दा कम भएका बैंक र हाइड्रो कम्पनी किन्ने हो भने त्यस्ता कम्पनीले छोटो समयमा नै बढी रिटर्न दिन सक्छ’ उनले भने, ‘बीमा सेक्टरमा लगानी गर्दा ३० प्रतिशत सम्म रिटर्न पाउन सकिन्छ भने हाइड्रो र बैंकमा लगानी गर्दा ५०५ सम्म रिटर्न पाउने चान्स छ ।’

इन्स्योरेन्स सेक्टरमा लगानी गर्नै नै हो भने सस्तो सेयरभाउ भएका कम्पनी छानेर लगानी गर्न विष्ट सुझाव दिन्छन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.