आईतवार, कार्तिक १,२०८३ 01:41:18
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 01:41:19
Bizshala
Global IME Bank Limited

नेप्सेको अध्यक्ष पद पनि पेचिलो बन्दै : अझै पठाएन अर्थ मन्त्रालयले, सीईओ चापागाई तनावमा

Bizshala
नेप्सेको अध्यक्ष पद पनि पेचिलो बन्दै : अझै पठाएन अर्थ मन्त्रालयले, सीईओ चापागाई तनावमा
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा लामो समय बितिसक्दा पनि नेपाल सरकार अर्थ मन्त्रालयले अध्यक्ष चयन गरेर पठाउन सकेको छैन । नेप्सेमा अर्थ मन्त्रालयबाट सहसचिव अध्यक्ष रहने व्यबस्था रहेको छ ।  

अध्यक्ष अभावका कारण नेप्सेमा नियमित काम बाहेक अन्य केही काम हुन सकेको छैन । आफू प्रमूख कार्यकारी अधिकृत भएर आएको तिन महिना बितिसक्दा पनि केही काम हुन नसकेपछि नेप्सेका नयाँ सीईओ चुणामणी चापागाई भने तनावमा पर्न थालेका छन् । सीइओ नियुक्ती भए पछि निकै उत्साहका साथ नेप्सेमा काम देखाउने बताँउँदै आएका चापगाई अहिले सरकारी पारा देखेर जिल्ल परेको स्रोतले बतायो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनी नियुक्त भएर आएदेखि नै नेप्से अध्यक्षविहिन रहेको छ । यस अघिका अध्यक्ष शोभाकान्त पौडेल महालेखा नियन्त्रकको जिम्मेबारीमा सरुवा भएका छन् । नयाँ आर्थिक वर्ष लाग्दै गर्दा नेप्सेले नीति तथा कार्यक्रम पारित गर्नुपर्ने हुन्छ । तर लामो समय देखि नेप्से अध्यक्ष विहिन हुँदा नेप्सेले निति तथा कार्यक्रम ल्याउन सकेको छैन ।  

त्यसैगरि यस अघि तयार भएको एसएमई प्लेटफर्म पनि अन्यौलमा नै रहेको छ । अर्थ मन्त्रालयस्थित स्रोतले दिएको जानकारी अनुसार अर्थ मन्त्रालयका सह–सचिबहरुमा को अध्यक्ष बनेर जाने भन्ने हानथापकै कारण अर्थमन्त्रीले नेप्सेमा अध्यक्ष नियुक्त गर्न सकेका छैनन् । पछिल्लोपटक नेप्सेको पुनर्संरचना तथा नयाँ स्टक एक्सेचेञ्जको विषयले नेप्सेको अध्यक्षको पद पनि पेचिलो बन्दै गएको छ । त्यसैगरि, नेप्सेको अध्यक्ष बेला मौकामा विदेश भ्रमण पनि जान पाउने भएका कारण पनि नेप्सेको अध्यक्ष पद पेचिलो बन्दै गएको छ ।  

यसअघि धितोपत्र बोर्डका अध्यक्ष एक वर्ष भन्दा बढी र नेप्सेको सीईओ ६ महिना खाली रहेको थियो । अहिले नेप्सेको अध्यक्ष लामो समयदेखि खाली रहँदै आएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.