बिहीबार, कार्तिक ८,२०८१ 02:26:56
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 02:26:56
IME remit
Global IME Bank Limited

अलटाइम हाई ब्रेक गर्दा पनि रोकिएन फाइनान्सको गति, पाँचौ वेभको बबल आउनै बाँकी !

Hyundai Nepal
अलटाइम हाई ब्रेक गर्दा पनि रोकिएन फाइनान्सको गति, पाँचौ वेभको बबल आउनै बाँकी !
Nabil Bank Limited

काठमाण्डौ । घट्नै लागेको बजारलाई समेत रोक्ने र कारोबारको अन्तिम समयमा बढाउन मद्दत गरिरहेको फाइनान्स समूहका सेयरहरुमा लगानीकर्ताहरु क्रमशः सर्न थालेका छन् । केही हप्ताअघिसम्म पनि फाइनान्सतर्फ फर्किएर समेत हेर्न नमान्ने मै हुँ भन्ने खेलाडीहरु पनि इजी मनीको पछि लागेर यही सेक्टरका कम्पनीलाई आफ्नो रोजाई बनाउँदै आक्रामक खरिदारीमा उत्रिएका छन् । यहीकारण पछिल्लो समय बजारमा फाइनान्स उपसमूहको चर्चा चुलिएको छ ।  

यो साताको दोश्रो कारोबार दिन बुधबारको बजारको कुरा गर्दा समेत फाइनान्स नै अगाडि देखिएको छ । बाँकी अधिकांश उपसमूहका सूचकहरु घट्दा वा झिनो मात्र बढ्दा फाइनान्समा भने उछाल देखियो । दोश्रो बजारमा सूचीकृत १५ वटा फाइनान्स कम्पनीमध्ये सबैको सेयरमूल्य बढ्यो । यहीकारण फाइनान्स उपसमूहको सूचक करिब ५ प्रतिशतले बढ्न पुग्यो । 

Bizshala
Shivam Cement
CG Motors

 बुधबार दिनभर उतारचढाव व्यहोरेको बजारलाई अन्तिम समयमा झिनो अंकले नै भए पनि सकारात्मक बनाउने काममा समेत फाइनान्सका लगानीकर्ताहरुको विशेष देन रह्यो । प्रत्येक दिन र प्रत्येक साताको बजारको गति र प्रवृति हेर्दा, फाइनान्स समूहतर्फ लगानीकर्ताको आकर्षण बढ्दै गएको र लो क्यापका कम्पनी यो समूहमा रहेका कारण छोटो अवधिमै राम्रो पैसा बनाउन सकिने सम्भावना देखेपछि यो पटकको बुल मार्केटको परिदृश्यहरु केही फरक हुने सहजै आँकलन गर्न सकिन्छ ।  

बैंकिङ समूहले विस्तारै गति लिँदै गर्दा फाइनान्स सेक्टरले भने नेप्सेमा अलटाईम हाईको विन्दू ब्रेक गरिसकेको छ । यो क्षेत्रले साउन १३ गते नै यसअघिको उच्चविन्दु ३३४५ लाई ब्रेक गरिसकेको थियो । तर यो सेक्टरको सूचक यत्तिमै मात्र रोकिएन । अहिले त अझ बढेर करिब ४ हजार नजिक पुगिसकेको छ । कतिपयले फाइनान्समा देखिएको चमक र लगानीकर्ताको अभूतपूर्व आकर्षणलाई आधार बनाएर यो उपसमूहको सूचकले यसपटकको बुलमा १० हजार विन्दू पार गर्ने दाबी समेत गर्न थालेका छन् । तर, प्राविधिक रुपमा हेर्दा चाहिँ ५००० विन्दू चाँडै र सहजै ब्रेक गर्नसक्ने देखिन्छ ।  

आखिर वित्तीय अवस्था खासै सन्तोषजनक नभएका फाइनान्सहरुमै किन यसरी दैनिक चमक आइरहेको छ ? के कारणले फाइनान्स समूहमा आबद्ध कमजोर कम्पनीमा लगानीकर्ता निस्फिक्री पैसा खन्याइरहेका छन् त ?

बजार जनकार अजयसिंह थापा(जय शम्भु) भन्छन् ः यसरी यस क्षेत्रमा चमक आउनुको मुख्य कारण भनेको नै लो क्याप हुनु हो । लो क्यापमा टार्गेट राख्न सजिलो हुने गर्छ । घट्दा कम घट्ने र बढ्दा बढी बढ्ने भएको कारण नै पनि यस्ता कम्पनीमा आकर्षण बढेको हो ।  

उनको विचारमा प्राविधिक  रुपमा इलिअट वेभमार्फत हेर्दा पनि फाइनान्स सेक्टरमा अहिले तेस्रो वेभ चलेको छ । ‘धेरैजस्तो फाइनान्स समूहको सेयरमूल्य तेस्रो वेभमा छ । त्यसैले अहिले तीव्र रुपमा बढिरहेको छ ।’ उनले भने–‘केही समय अझै बढ्छ र चौथो वेभको करेक्सन आउँछ । त्यसपछि पाँचौ वेभको बढोत्तरीमा त फाइनान्स समूूहमा बबल नै आउँछ ।’  

अहिले फाइनान्स समूहमा १५ वटा कम्पनी सूचीकृत छन् । बुधबारको दोश्रो बजार अन्तिम कारोबार मूल्यका आधारमा यस समूहमा सबैभन्दा सस्तो कम्पनी(बढ्न बाँकी कम्पनी)को रुपमा बेष्ट फाइनान्स र गुहेश्वरी मर्चेन्ट देखिएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य ७०० रुपैयाँ हाराहारीमा रहेको छ । सबैभन्दा उच्च मूल्य नेपाल फाइनान्सको १९७० रुपैयाँ रहेको छ । पछिल्लोपटक फाइनान्स सेक्टरमा एकैदिन तीन अर्बभन्दा बढीले कारोबार आएको छ । आज भने यो क्षेत्रमा २ अर्ब २२ करोडको करोबार भयो ।  

अर्का बजार जानकार टेकेन्द्र थपलियाको विचारमा फाइनान्स क्षेत्रमा चमक आउनु पछाडिको मुख्य कारण लो क्यापका कम्पनी हुनु र खेलाडीको रोजाई बन्नु हो । ‘यस्ता कम्पनी बजारका खेलाडीले चलाएका हुन्छन् । यस्ता कम्पनीका लगानी गर्दा सामान्य लगानीकर्ताले सजगता अपनाउनुपर्छ ।’–उनले थपे।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.