शुक्रबार, असार १३,२०८२ 12:37:24
  • शुक्रबार, असार १३,२०८२ 12:37:24
Global IME Bank Limited

ग्राउण्ड जीरोका लगानीकर्ता युद्ध हारेको सिपाही झै निराश

तर ब्रोकर भन्छन्-‘अपर तामाकोशीको पैसा आएपछि बजार बढ्छ’

Hyundai Nepal
ग्राउण्ड जीरोका लगानीकर्ता युद्ध हारेको सिपाही झै निराश
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार(आज) बिहानैदेखि बजार के होला भन्ने लगानीकर्तामा कौतुहुलता देखिन्थ्यो । प्रत्येक साता झै हामीले आज पनि ब्रोकर हाउससम्म पुगेर लगानीकर्ता तथा ब्रोकरहरुको मनोविज्ञान मापनको प्रयास गरेका छौं । यो क्रममा आजको ग्राउण्ड जीरोको सुरुवात ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज(ब्रोकर नम्बर ३९)बाट गर्यौं ।  

यहाँ हामी पुग्दा बजार खुल्दै थियो, लगानीकर्ता आउने क्रम जारी थियो । ब्रोकरहाउसमा लगानीकर्ताको उपस्थिति खचाखच थियो । यत्तिकैमा एक लगानीकर्ताले भने-'यो हिमालय रिइन्स्योरेन्सको पुँजी बढाउने हल्ला छ नि ।'

उनीसँगै बसेका अर्का लगानीकर्ताले थपे-'नेपाल रि  इन्स्योरेन्सको पनि त्यसै भनेर मूल्य प्रतिकित्ता १८०० पुर्याए । कुन कुराको विश्वास गर्नु ख्वै ? हिजो एउटा अनलाइन पोर्टलले त लेखेको थियो ।' 

उनीसँगै बसेका अर्का एक लगानीकर्ताले भने-'रिइन्स्योरेन्सको  पूँजी त कमै हो, बढाउनैपर्ने हो ।'  

 

CG Motors
Muktinath Bikas Bank Limited

यही ब्रोकरमा भेटिएका केही लगानीकर्ताहरु रिलायबल नेपाल लाइफ र सोना कम्पनीको चर्चा गरिरहेका थिए । अन्य केही भने हाथवे इन्भेष्टमेन्ट नेपाल  र हिमालयन रिइन्स्योरेन्सको चर्चामा तल्लीन थिए ।  

यही ब्रोकरमा एक लगानीकर्ताले 'एचआरएलको  सेयर भाउ कति पुग्ला ?' भनेर सोधे ।

उनलाई ठट्यौली पारामा जवाफ दिँदै एक लगानीकर्ताले भने-' बाँदरको घाउ, कुकुरको बाउ र सेयरको भाउ कसले भन्न सक्छ र ? जति पनि पुग्न सक्छ । क्षणभरमै त्यहाँ हाँसोको माहौल बन्यो।'  

यस ब्रोकरमा केही लगानीकर्ताले जग्गाको पनि चर्चा गर्दै थिए । ती लगानीकर्ताले भन्दै थिए-'काठमाण्डौको भन्दा पनि आसपासका डाँडाको भाउ पो आकासिएछ त । आनाकै  तीसलाख रुपैयाँ भन्छन् । म त हिजो छालिङ(चाँगुनारायण नगरपालिका)तिर घुम्न गएको जग्गाको भाउ सुनेर झण्डै बेहोस भइँन भन्या ।'

यसै ब्रोकरमा केही लगानीकर्ताले बजार धेरै तल नखस्ने दाबी गर्दै गरेको पनि भेटियो । यस बेलासम्म दिनको १२ बजिसकेको थियो । बजारको चाल निकै सुस्त थियो ।  

केही समयपछिको बसाइँपछि हामी नक्सालस्थित सनी सेक्युरिटिज(ब्रोकर नम्बर ४२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । बजार सामान्य अंकले घटेको थियो । एक लगानीकर्ताले डिस्प्ले बोर्डतिर हेरेर भने-'ख्वै यो बजार कहिले बढ्ने हो ? म त नेप्से ३२ सय हुँदा फसेको छु । त्योबेला धेरैले बजार ३६ सय पुग्छ भने ।  एनटीसीलाई नै प्रतिकित्ता १६ सय रुपैयाँभन्दा माथि परेको छ ।'  

bizshala on Ground Zero

उनीसँगै बसेकी एक महिला लगानीकर्ताले ठट्यौली पारामा भनिन्-'म पनि त्यही ३२०० को समयमा प्रवेश गरेका मान्छे हो, फसेको फस्यै भइयो । बैंक किनेको, लगभग सबैमा हिरबिजोग अवस्था छ ।'  

यस बेलासम्म दिउँसोको १ बजिसकेको  थियो । बजार समान्य अंकले तलमाथि गर्दै थियो । लय समात्न सकस भोगिरहेको बजारतर्फ आँखा तन्काउँदै ती लगानीकर्ताले थप्दै भने-'सेयरबाट कमाउन लेखेकै रहेनछ ।  अपर तामाकोशीको सेयरमा १४० रुपैयाँमा अक्सन हालेको, १४६ रुपैयाँ कटअफ भयो ।'  

ब्रोकरहाउसमा यस्तै गलफत्ती चल्दै थियो । योसँगै बजार बिस्तारै घट्दै थियो । ती लगानीकर्ता निरश अनुहारमा कालो झोला भिरेर ब्रोकर हाउसबाट निस्किए ।  

केही समयको बसाइँपछि हामी कमलादीस्थित मल्ल एण्ड मल्ल सेक्युरिटिज(ब्रोकर नम्बर ११)मा पुग्यौं । यस बेलासम्म दिनको एक बजिसकेको थियो । बजार झिनो अंकले घटेको थियो । यहाँ पनि लगानीकर्ता निराश र युद्ध हारेको सिपाही झै कुसन र चकटीको सिरानी बनाएर ब्रोकरहाउसमा पल्टिरहेको देखिन्थे । त्यहाँ मधुर संगीत पनि बजिरहेको सुनियो । यही ब्रोकरहाउसका एकजना लगानीकर्ता बजारप्रति आशावादी देखिए । उनले भने-'बजार ७ दिनदेखि घटेको छ । आज बढ्न पनि सक्छ ।'  

त्यहाँ हामीले केही समय ब्रोकरसँग पनि बजारको पछिल्लो अबस्थाको बिषयमा कुराकानी गर्यौं । ती ब्रोकरले आज बजार फर्कनसक्ने आँकलन गरे । उनले थप्दै भने-'दिनको साढे एक बजेसम्म पनि कारोबार बढेको छैन । यो भनेको घटेर बेच्न नचाहनेको ठूलै जमात सक्रिय छ भन्ने हो । लगानीकर्ताको हातमा अपर तामाकोशीको  अक्सनमा हालेको करिब १०-१५ अर्ब पैसा छ ।' बाँडफाँडमा नपरेको त्यो पैसा फिर्ता आएपछि बजार चलायमान हुनसक्ने पनि उनले आँकलन गरे । 

हामी सञ्चालकलाई भेटेर माथिबाट तल झर्दै गर्दा बजार बिस्तारै माथि बढ्दै थियो, ब्रोकरहाउसमा लगानीकर्ता थपिने क्रम पनि बाक्लिदै थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.