बिहीबार, आश्विन २९,२०८३ 11:39:24
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 11:39:24
Bizshala
Global IME Bank Limited

'सिस्टम हाम्रो चलेको छ, कारोबार किन रोकियो ?' नेप्से घेराउ गर्न पुगे १८ ब्रोकर

Bizshala
'सिस्टम हाम्रो चलेको छ, कारोबार किन रोकियो ?' नेप्से घेराउ गर्न पुगे १८ ब्रोकर
New Office

काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विकास गरेर उपलब्ध गराएको सेयर कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) नचलाउने करिब १८ ब्रोकर कम्पनीले सोमबारको कारोबार स्थगन गरिएकोमा गम्भीर आपत्ति जनाएका छन्।

छुट्टै टीएमएस सञ्चालन गरिरहेका ती ब्रोकरका प्रतिनिधि सोमबार दिउँसो नेप्सेको कार्यालय पुगेर आफ्नो प्रणालीमा कुनै समस्या नआए पनि अन्य ७२ ब्रोकरको प्रणालीमा आएको समस्याका कारण सम्पूर्ण बजार बन्द गर्नु अन्यायपूर्ण भएको बताएका हुन्।

उनीहरूले नेप्सेका अधिकारीहरूसँग प्रश्न गरेका छन्, ‘अरू ७२ ब्रोकरको सिस्टम बिग्रिँदा त्यसको दोष हामीलाई किन दिइयो ? उनीहरूको कमजोरीको पीडा हामीले र हाम्रा लगानीकर्ताले किन भोग्ने ?’

ती ब्रोकरले आफ्नो टीएमएस नियमित रूपमा सञ्चालन गर्न सकिने अवस्थामा हुँदाहुँदै नेप्सेले सम्पूर्ण कारोबार बन्द गरेर आफूहरूसँगै लाखौँ लगानीकर्ताको कारोबार गर्ने अधिकारसमेत खोसेको आरोप लगाएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मंगलबार बजार नखुले मुद्दा र आन्दोलनको चेतावनी

नेप्सेका एक कर्मचारीका अनुसार छुट्टै टीएमएस चलाउने ब्रोकरहरूले मंगलबार पनि कारोबार सञ्चालन नगरिए नेप्सेविरुद्ध क्षतिपूर्ति माग गर्दै कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।

उनीहरूले बजार सञ्चालनमा विभेद गरिएको र आफ्नो प्रणालीमा कुनै अवरोध नभए पनि कारोबारबाट वञ्चित गरिएको भन्दै आन्दोलन थाल्नेसम्मको चेतावनी दिएको ती कर्मचारीले जानकारी दिए।

योसँगै सबै ब्रोकरको प्रणाली एउटै पूर्वाधारमा नरहेको अवस्थामा केही कम्पनीमा आएको समस्याका कारण सम्पूर्ण बजार बन्द गर्ने नेप्सेको निर्णयमाथि गम्भीर प्रश्न उठेको छ।

प्राविधिक रूपमा कारोबार गर्न सक्षम ब्रोकरलाई सञ्चालनको अनुमति दिएर समस्यामा परेका ब्रोकरको कारोबार मात्र रोक्न सकिन्थ्यो वा सकिँदैनथ्यो भन्ने विषयमा पनि बहस सुरु भएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

राति ९ बजेसम्म पनि हटेन जोखिम

उता, राति ९ बजेसम्म वाइको र डेटा हबका प्राविधिक टोलीले र्यान्समवेयर आक्रमणमा परेको भनिएको प्रणालीलाई पूर्ण रूपमा सुरक्षित बनाउन सकेका थिएनन्।

डेटा हबस्थित स्रोतका अनुसार प्राविधिक टोलीहरू सोमबार रातभर परिचालन भएका छन्। मंगलबार बिहानसम्मको परीक्षणपछि मात्र ७२ ब्रोकरको टीएमएस खोल्ने वा बन्द राख्ने विषयमा अन्तिम निर्णय हुने बताइएको छ।

त्यहाँस्थित उच्च स्रोतका अनुसार सोमबार राति ९ बजेसम्मको प्राविधिक अवस्था हेर्दा मंगलबार पनि ती ७२ ब्रोकरको टीएमएस सञ्चालनमा आउने सम्भावना अत्यन्त न्यून देखिएको छ।

सानो ‘बग’ बाँकी रहँदा पनि ठूलो जोखिम

प्राविधिकहरूले प्रणालीमा एउटा सानो ‘बग’ वा सुरक्षा कमजोरी बाँकी रहे पनि त्यसैमार्फत पुनः सम्पूर्ण प्रणालीमा अनधिकृत प्रवेश हुन सक्ने बताएका छन्। त्यसैले पर्याप्त परीक्षणबिना हतारमा टीएमएस खोल्दा समस्या अझ भयावह बन्न सक्ने उनीहरूको चेतावनी छ।

ब्रोकरको टीएमएस नेप्से, सीडीएस एन्ड क्लियरिङ, बैंक तथा भुक्तानी प्रणालीलगायत विभिन्न निकायसँग जोडिएको हुन्छ। लगानीकर्ताको व्यक्तिगत विवरण, कारोबार खाता, मौज्दात तथा भुक्तानीसँग सम्बन्धित प्रणालीसमेत एकअर्कासँग अन्तरआबद्ध हुने भएकाले सुरक्षा सुनिश्चित नगरी सेवा सञ्चालन गर्दा जोखिम धेरै क्षेत्रमा फैलिन सक्ने प्राविधिकहरूको दाबी छ।

नेप्सेमाथि दोहोरो दबाब

नेप्से अहिले एकातिर साइबर जोखिम कायमै रहेका ७२ ब्रोकरको प्रणाली खोल्न नहुने प्राविधिक दबाबमा छ भने अर्कोतर्फ पूर्ण रूपमा सञ्चालनयोग्य टीएमएस भएका करिब १८ ब्रोकरको कारोबार किन रोकिएको भन्ने प्रश्नको सामना गरिरहेको छ।

सबै ब्रोकरको प्रणाली सुरक्षित नहुँदासम्म बजार नै बन्द राख्ने कि सुरक्षित प्रणाली भएका ब्रोकरलाई कारोबार गर्न दिने भन्ने विषयमा नेप्सेले स्पष्ट निर्णय लिनुपर्ने अवस्था आएको छ।

मंगलबार बिहानसम्म पनि प्रभावित प्रणाली सुरक्षित नभए बजार सञ्चालनको विषय थप जटिल बन्नेछ। बजार पुनः बन्द गरिए छुट्टै टीएमएस सञ्चालन गरिरहेका ब्रोकरले कानुनी तथा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएकाले नेप्सेमाथिको दबाब अझ चर्किने देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.