शनिबार, फाल्गुन १०,२०८१ 09:28:02
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:28:02
IME remit
Global IME Bank Limited

बैंकको राम्रो रिपोर्टको बजारमा किन चल्न सकेन जादू ? यस्तो छ विश्लेषकहरुको तर्क

Hyundai Nepal
बैंकको राम्रो रिपोर्टको बजारमा किन चल्न सकेन जादू ? यस्तो छ विश्लेषकहरुको तर्क
Nabil Bank Limited

काठमाण्डौं । आज वाणिज्य बैंक तथा केही विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेका छन् ।  

केहीबाहेकका बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैमासिक प्रतिवेदन लगानीकर्ताहरुले अपेक्षा गरेअनुसार नै आएको छ । तर सेयर बजारमा आज यसको जादू भने चलेन ।  

यसरी बजारले गति लिन नसक्नुमा केही बजार बिश्लेषकहरुले राजनीतिक अन्यौलता रहेको बताएका छन् । केहीले भने नाफा बुकका कारण आज बजारले गति लिन नसकेको प्रतिक्रिया दिएका छन् ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

खासगरी  पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले साना पार्टी फुटाउन नयाँ विधेयक ल्याउन खोजेको बिपक्षी पार्टीहरुले आरोप लगाउँदै आएका छन् । केही राजनीतिक दलले कार्तिक १० गतेबाट आन्दोलन गर्ने घोषणा पनि गरेका छन् । यहि कारणले लगानीकर्तामा अन्यौल रहँदा बजारले गति लिन नसकेको केही विश्लेषकको टिप्पणी रहेको छ ।  

नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारको बिचारमा पनि राजनीतिक कारणले नै बजारले गति लिन नसकेको हो । उनी भन्छन्र-'वि लामिछानेको विषय र पोखरामा जारी आन्दोलनले बजारमा विश्वासको खडेरी पारिदियो । दसैंअगाडि बजार केही बढेको पनि थियो । त्यहीकारण आज बजारमा गिरावट आएको हो ।'

बैंक तथा वित्तीय क्षेत्रको रिपोर्ट सन्तोषजनक नै रहेको उनको बिचार छ । त्यसैले आज करेक्सन आएता पनि बजारले फेरि गति लिने उनको अनुमान छ । 

त्यसैगरी, सेयर लगानीकर्ता संघका कार्यबाहक अध्यक्ष तारा फुल्लेल पनि राजनीतिक बिषयले नै लगानीकर्ताहरुको मनोबल बढ्न नसकेको तर्क गर्छन् । उनको बिचारमा अब अर्थमन्त्रीले लगानीकर्तालाई सम्बोधन गरेर भए पनि मनोबल उकास्नुपर्नेछ । उनले थपे-'अहिले लगानीकर्ता राष्ट्रबैंकको मौद्रिक नीतिको समीक्षाको प्रतिक्षामा रहेका छन्, यसको प्रभाव पनि बजारमा देखिएको हुनसक्छ ।'  

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति तथा मार्जिन कारोबारको व्यवस्था सरकारले गर्नुपर्ने पनि उनको बिचार छ । केही बढेको बजारमा आज करेक्सन आएको र यो स्वभाविक पनि रहेको उनको तर्क रहेको छ । अब बैक तथा वित्तीय संस्थाको रिपोर्ट क्रमिक रुपमा सुधारोन्मुख आउँदा लगानीकर्ताको मनोबल बढ्ने र बजारले गति लिने पनि उनको विश्वास छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.