आईतवार, चैत्र १०,२०८१ 11:28:52
IME remit
  • आईतवार, चैत्र १०,२०८१ 11:28:52
IME remit
Global IME Bank Limited

अन्तिम १५ मिनेटको मूल्यलाई ‘भारित औषत मूल्य’ मान्न कति सम्भव ? पास गर्ला त धितोपत्र बोर्डले ?

Hyundai Nepal
अन्तिम १५ मिनेटको मूल्यलाई ‘भारित औषत मूल्य’ मान्न कति सम्भव ? पास गर्ला  त धितोपत्र बोर्डले ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिको बैठकले एक विनियमावलीलाई परिमार्जित गर्दै अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने व्यवस्था नेप्सेको बोर्डले पारित गरेको छ । नेप्सेले १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निधारण गर्ने भए पछि बजारमा लगानीकर्ताहरुमा केही अन्यौलता पनि देखिएको छ । केहीले यो व्यवस्थाको समर्थन पनि गरेका छन् भने केहीले भर्खर बामे सर्दै गरेको बजारमा अनेक फण्डा ल्याएर बजार घटाउन नियामक नै लागेको पनि प्रतिक्रिया दिएका छन् ।

यसै विषयमा नेप्सेका कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले बिजशालासंग कुरा गर्दै नेप्सेले यस विषयलाई नेप्सेको बोर्डबाट पास गरेर धितोपत्र बोडमा पठाएको जानाकारी दिए । फुयाँलले अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मुल्य कायम गर्ने विषय खासै ठूलो विषय नभएको र यस अघि पनि सेबोनसँग एकपटक छलफल भएको जानकारी दिए । उनले भने, ‘मैले बुझेसम्म भारतको बजारमा यो लागू भएको छ । तर उच्च तरलता भएको बजारमा भने यो सम्भब देखिदैन । हामीले पास गरेर धितोपत्रबोर्ड पठाएका छौ, अब सेबोनले कसरी बुझ्छ ? त्यसैमा भर पर्छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसै विषयमा हाल सञ्चालानमा रहेका २ वटा टीएमएसहरुले पनि यस विषयमा केही छलफल भएको र नेप्सेको म्याचिङ इन्जिनले अनुमति दिएमा टीएमएसमा कुनै पनि समस्या नरहेको प्रतिक्रिया दिए । वाइको कम्पनीका एक अधिकारीले यो व्यवस्था एकपटक नेप्सेले परीक्षण गर्नुपर्ने बताए । हाल सिस्टम बनाउँदा ५ मिनेटसम्मको व्यवस्था रहेको छ । त्यसलाई १५ मिनेट बनाउन भने परीक्षणनै गर्नुपर्ने ति अधिकारीले बताए ।  

त्यसैगरि डिजि हबका एक अधिकारीले पनि नेप्सेको विनियामवलीमा व्यबस्था भएमा र म्याचिङ इन्जिनले अनुमति दिएको खण्डमा सिस्टममा समस्या नहुने तर्क गरे । प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले यसले बजारमा केही हदसम्म म्यानुपुलेसन रोकिने तर्क गरे । तर यसको लागि मूल्य र भोल्युमसहितको औषत भारित मूल्य निर्धारण गर्नुपर्ने पनि उनको तर्क रहेको छ । हाल नेपालको बजारमा  १० प्रतिशतको लिमिटको व्यवस्था भएपछि हालको २ प्रतिशतको बिडिङ ब्यबस्था पनि उपयुक्त नभएको उनको तर्क रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

बजार स्रोतका अनुसार हाल नेप्सेले यो विषय सेबोनमा पठाएता पनि बिगतको अवस्था नियाल्दा तत्काल कार्यान्वयन भएर आउन भने समय लाग्ने देखिन्छ । यसै विषयमा बुझ्न खोज्दा धितोपत्र बोर्डका प्रबक्ता निरञ्जन घिमिरेले हाल आफू राजधानी बाहिर रहेको र यस विषयमा बुझे पछि मात्रै प्रतिक्रिया दिने जानकारी दिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.