आईतवार, कार्तिक १,२०८३ 09:59:28
  • आईतवार, कार्तिक १,२०८३ 09:59:28
Global IME Bank Limited

भारतले एकाएक सुन किन्न रोकेको रहस्योद्घाटन, अमेरिकी खेलले मूल्य बढेको बढ्यै !

Bizshala
भारतले एकाएक सुन किन्न रोकेको रहस्योद्घाटन, अमेरिकी खेलले मूल्य बढेको बढ्यै !
New Office

काठमाण्डौ । सुन बजार फेरि तातिएको छ । विश्वभर सुनको मूल्य नयाँ-नयाँ रेकर्ड तोड्दै जाँदा भारतको केन्द्रीय बैंक (आरबीआई) ले अचानक दुई महिनादेखि सुन किन्ने काम रोक्ने निर्णय गरेको छ।

यस निर्णयले लगानीकर्तादेखि विश्लेषकसम्म सबैको ध्यान तानेको छ। आखिर किन भारतजस्तो ठुलो अर्थतन्त्रले सुन खरिद रोक्यो?

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अमेरिकी रणनीति कि आर्थिक चालबाजी?

सामाजिक सञ्जालमा अहिले एक चर्चित थ्योरी चलिरहेको छ- अमेरिका सुनको मूल्य पुनर्संयोजन (Bullion Reset) गर्न तयारीमा छ।

जानकारहरु भन्छन्, अमेरिकाले आफ्नो विशाल कर्जा व्यवस्थापन गर्नका लागि सुनको मूल्य कृत्रिम रुपमा परिवर्तन गर्न सक्ने सम्भावना बढेको छ।

अमेरिकाले हाल पनि आफ्नो सुन भण्डारलाई १९७० को दशकमा तोकिएको मूल्य ($४२.२२ प्रति औंस) मा नै लेखापरीक्षण गर्छ। तर बजारमा हाल सुनको मूल्य त्यसको सयौं गुणा बढी छ। यदि अमेरिका नयाँ दरमा मूल्यांकन गर्छ भने उसको सुन भण्डार ट्रिलियन डलर बराबरको हुनेछ-जसले विश्व अर्थतन्त्रलाई नै हल्लाउन सक्छ।

भारतको सुन भण्डार र बजारमा असर

भारतसँग अहिले करिब ८८० टन सुन रहेको छ, जुन देशको विदेशी मुद्रा भण्डारको करिब १२.५% हो।

यो वर्ष भारतमा १० ग्राम सुनको मूल्य १ लाख २० हजार रुपैयाँभन्दा माथि पुगेको छ। यसबीच आरबीआईले सुन खरिद रोकेपछि बजारमा नयाँ अड्कल सुरु भएको छ -के भारत पनि अमेरिकी नीति बुझ्दै मौन तयारीमा छ?

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

विश्व बजारमा हलचल

अमेरिका, जर्मनी, फ्रान्स, चीन र रूस जस्ता राष्ट्रहरुसँग विशाल सुन भण्डार रहेको छ। यदि सुनको मूल्य पुनर्संयोजन गरियो भने, विश्व मुद्रा बजार, मुद्रास्फीति दर र डॉलरको प्रभुत्वमा ठूलो हलचल आउने विश्लेषकहरुको अनुमान छ।

आर्थिक विज्ञहरुका अनुसार, “अहिले सुन बजारमा जसरी अफवाह र अनिश्चितता बढ्दैछ, त्यसले लगानीकर्तालाई सुरक्षित आश्रयको रूपमा सुनतिर तानिरहेको छ।”

तर उनीहरु भन्छन्अ-मेरिकी “Bullion Reset” थ्योरी अहिले सम्म प्रमाणित नभए पनि, बजारमा यसको प्रभाव तीव्र गतिमा फैलिइरहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.