बिहीबार, आश्विन २९,२०८३ 08:47:33
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 08:47:33
Bizshala
Global IME Bank Limited

२४७० अंकबाट बलियो उछाल, नेप्से छोटो अवधिको सुधार चरणमा

Bizshala
२४७० अंकबाट बलियो उछाल, नेप्से छोटो अवधिको सुधार चरणमा
New Office

-सुदर्शन शर्मा

 

 

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक बुधबार ५.१७ अंकले घटेर २५६६.१६ अंकमा सीमित भएको छ। लगातार दुई दिनको तीव्र उकालोपछि आएको यो सानो गिरावटलाई बजार विश्लेषकहरूले स्वस्थ सुधार(हेल्दी करेक्सन)को रुपमा लिएका छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बजारमा कारोबार रकम भने निरन्तर बढ्दो क्रममा रहेको छ। बुधबार कारोबार रकम ५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी पुगेको छ, जुन मंगलबारको ४ अर्ब ५० करोड रुपैयाँ र सोमबारको २ अर्ब ३६ करोड रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो। कारोबारमा आएको निरन्तर सुधारले बजारमा लगानीकर्ताको आत्मविश्वास पुनः फर्कँदै गएको संकेत दिन्छ।

प्राविधिक दृष्टिले नेप्सेले २४७० अंकको स्तरमा बलियो समर्थन (strong support) पाएको देखिन्छ। यही स्तरबाट सूचकांकमा आएको तीव्र उछालले बजारले बटम फर्मेसन (bottom formation) पूरा गरेको पुष्टि गर्छ।

हाल नेप्से २५६० अंक वरिपरि सानो प्रतिरोध (minor resistance) सामना गरिरहेको छ। यो स्तर माथि स्थिरता कायम भए बजारले छोटो अवधिमा २६०० देखि २७७० अंकसम्मको दायरा परीक्षण गर्ने सम्भावना प्राविधिक चार्टले देखाउँछ। RSI (Relative Strength Index) सूचक पनि न्यून स्तरबाट माथि फर्किँदैछ, जसले बजारमा सुधारको सम्भावना बलियो बनाउँछ।

तर, यदि बजार पुनः २५०० अंक मुनि ओरालो लाग्यो भने यो सुधारात्मक लहर क्षणिक बन्न सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

मुख्य प्राविधिक बिन्दुहरू :

मुख्य समर्थन (Support): २४७० अंक

निकट प्रतिरोध (Resistance): २५६०-२६०० अंक

अगिल्लो दायरा लक्ष्य: २६००-२७७० अंक

RSI र Volume: सुधार संकेत गर्दै माथि उन्मुख

बजार मनोवृत्ति: सावधानीपूर्ण आशावादी (Cautious Optimism)

नेप्सेले हाल छोटो अवधिको सुधारको बाटो समातेको देखिए पनि दीर्घकालीन ट्रेन्ड परिवर्तनका लागि २७७० माथिको ब्रेकआउट अत्यावश्यक मानिन्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.