काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता सुरु भएको छ । उनीहरुको बैठक दक्षिण कोरियामा हुँदैछ । भेटमा दुवै नेताबीच व्यापार सम्झौताका विषयमा छलफल हुनेछ ।
यस बैठकअघि डोनाल्ड ट्रम्पले आफ्नो छोटो टिप्पणीमा यो बैठक निकै सफल हुने विश्वास व्यक्त गरेका छन् । ट्रम्पले भने, ‘दुई देशबीच सधैं राम्रो सम्बन्ध रहँदै आएको छ।’
त्यस्तै सी जिनपिङले आफ्नो प्रारम्भिक सम्बोधनमा डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति बनेपछि ट्रम्पसँग तीन पटक कुरा गरेको बताएका छन् । सी चिनफिङले अमेरिकासँग मिलेर दुवै देश र सम्पूर्ण विश्वको हितका लागि थप उत्कृष्ट र ठोस काम गर्न चाहेको बताए।
दक्षिण कोरियामा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन शिखर सम्मेलन हुँदैछ, जसमा दुवै नेता सहभागी भएका छन् ।

