Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 10:41:18
Bizshala
Global IME Bank Limited

गभर्नरलाई घर भाडामा दिन कोही तयार भएनन्, प्रस्ताव पेश गर्ने म्याद थपियो

गभर्नरलाई घर भाडामा दिन कोही तयार भएनन्, प्रस्ताव पेश गर्ने म्याद थपियो
New Office

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर विश्वनाथ पौडेलको आवासका लागि घर दिन काठमाण्डौबासी तयार नदेखिएका पाइएको छ ।  

राष्ट्रबैंकले खोजेजस्तो घर नपाइएको र घरधनीले पनि कुनै चासो नदिएपछि पुनः सूचना प्रकाशित गरी घर भाडा सम्बन्धी प्रस्ताव पेश गर्ने म्याद थपेको छ ।  

सोमबार प्रकाशित सूचना अनुसार अब इच्छुकले २०८२ कात्तिक १६ गतेभित्र घर भाडाका लागि प्रस्ताव पेश गर्न सक्नेछ । 

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यसअघि यस्तो प्रस्ताव गर्ने समयसीमा असोज २७ गतेसम्म तोकिएको थियो ।  

जेन–जी आन्दोलनका क्रममा गभर्नर पौडेलको भैंसेपाटीस्थित घरमा तोडफोड तथा आगजनी गरिएको थियो । जसका कारण उनी घरविहीन बन्न पुगेका थिए । सो घटनालगत्तै पत्नी र छोरीलाई अमेरिका पठाएर उनी आफू भने थापाथलीस्थित केन्द्रीय बैंकको एउटा कोठामा राति सुत्ने गरेका छन् ।  

राष्ट्रबैंकका अनुसार घर भाडामा दिनका लागि ललितपुर महानगरपालिकाको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको हुनुपर्नेछ । कम्तीमा ५ वटा कार/जीप पार्किङ गर्न मिल्ने, आर.सि.सि. स्ट्रक्चरसहित कम्तीमा १००० वर्ग फिट प्लिन्थ क्षेत्रमा निर्माण भएको घरको खोजी गरिएको छ ।

अन्य आवश्यकताहरूमा कम्तीमा एउटा मास्टर बेडरूम सहित ४ वटा बेडरूम, लिभिङ हल, किचेन, डाइनिङ हल तथा स्टोर रूम हुनुपर्ने, सुरक्षाकर्मी बस्ने छुट्टै भवनको व्यवस्था हुनुपर्नेछ ।

सुरक्षित कम्पाउन्डवाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको २.५ तलादेखि ३ तलासम्मको घर भाडामा खोजिएको हो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.