बुधबार, माघ २,२०८१ 05:21:28
IME remit
  • बुधबार, माघ २,२०८१ 05:21:28
IME remit
Global IME Bank Limited

नेप्सेको चार्टमा वियरिस इन्गिल्फिङ प्याट्रन, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
नेप्सेको चार्टमा वियरिस इन्गिल्फिङ प्याट्रन, अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । लगातार तीन दिन बढेको बजार आज २१.६७ अंकको गिरावटका साथ २१ सय बिन्दु तल झरेको छ । परिसूचकमा गिरावट आएपनि आज बजारमा ५ अर्ब माथिको कारोबार भएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

प्राविधिक रुपमा आजको बजारलाई हेर्दा वियरिस इन्गिल्फिङ क्यान्डल बनेको छ । आजको करेक्सनमा नेप्से चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा वियरिस  इन्गल्फिङ प्याट्रन बनेको छ ।

 मैनबत्ती चार्ट बन्दा यदि अघिल्लो दिनको हरियो क्यान्डललाई पछिल्लो दिनको रातो क्यान्डलले पूरै ढाक्ने गरी (यसको अर्थ अघिल्लो दिनको मैनबत्तीको लम्बाइभन्दा लामो) अर्को मैनबत्ती बनेमा वियरिस  इन्गल्फिङ भनिन्छ (हेर्नुहोस् हरियो एरो)। यसले बजारमा ट्रेन्ड परिवर्तन हुन लागेको संकेत गर्छ ।  

यसविपरीत यदि अघिल्लो दिनको रातो  क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बुलिस  इन्गल्फिङ भनेर बुझिन्छ ।  

हिजो र आजको क्यान्डलाई मिलाएर हेर्दा २ दिनको क्यान्डलमा डबल टप क्यान्डल पनि बनेको देखिन्छ । यद्यपी बजारलाई वोलिङगर ब्यान्डबाट हेर्दा  मध्य ब्यान्ड भन्दा माथि नै टिकेको छ ।

अबको यात्रा कता ?

आगामी दिनमा यदि आजको उच्च विन्दु २०३० भन्दा माथि–माथि कारोबार भएमा बजारले माथिको यात्रा तय गर्ने देखिन्छ । तर यस विपरीत यदि बजार आजको न्यून विन्दु २०८८ भन्दा तल–तल कारोबार भएको खण्डमा भने बजारले केही अंक गुमाउने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिम पुर्ण हुन्छ । यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.