बिहीबार, बैशाख ३१,२०८३ 04:33:59
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:33:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अब दैनिक ५० अर्बसम्म सेयर करोबार हुनसक्ने, वाइको भन्छ, ‘हाम्रो सिस्टममा समस्या हुन्न’

Laxmi Sunrise Bank Limited
अब दैनिक ५० अर्बसम्म सेयर करोबार हुनसक्ने, वाइको भन्छ, ‘हाम्रो सिस्टममा समस्या हुन्न’
Shivam Cement

काठमाण्डौ । आज नेप्सेमा ३१ वर्षे इतिहासकै उच्च कारोबार भएको छ । नेप्सेमा विसं २०५० माघ ३० गतेबाट औपचारिक कारोबारको सुरुवात भएको थियो । नेप्सेका प्रवक्ता मूराहरी  पराजूलीका अनुसार त्यो समयमा दैनिक लाखमा मात्रै कारोबार हुन्थ्यो । तर आज आएर दैनिक कारोबार २२ अर्ब नजिक पुगेको छ ।

कालिका सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४६) का सञ्चालक नरेन्द्र सीजापतिले आगामी ३ महिनाभित्र नप्सेमा दैनिक ५० अर्बको कारोबार हुने आधार बन्दै गएको बताएका छन् । सिजापतिका अनुसार त्यसरी ५० अर्बको कारोबार हुने पहिलो आधारका रुपमा कम्पनीहरुको सेयर मूल्य बढ्दै जानु हो । आज नेप्सेमा ५ करोड कित्ता बढीको सेयर कारोबार भएको छ । यहि  सेयरको भाउ बढ्दै जाँदा कारोबार रकम पनि बढ्दै जाने तर्क सिजापतिको रहेको छ ।  

Bizshala
New Office
CG Motors

दोसो आधार भनेको सरकारले १२ प्रतिशत कर्जा विस्तारको योजना लिएको छ । ‘सरकारी योजना अनुरुप एक त्रैमासमा ४ प्रतिशतले कर्जा विस्तार हुनु पर्छ । त्यस्तो कर्जा तत्काल आउने भनेको सेयरमा नै हो । कर्जा विस्तारको हिसाबले पनि अब नेप्सेमा दैनिक ५० अर्बको कारोबार हुन सक्छ ,’ उनले भने ।  

नेपाल इन्भेष्टर फोरमाका निवर्तमान अध्यक्ष  छोटेलाल रौनियार पनि नेप्सेमा अब ५० अर्बसम्मको कारोबार हुन सक्ने स्वीकार गर्छन ।  

सेयर बजारमा दैनिक कारोबार बढ्दै जाँदा लगानीकर्ता भने टीएमसको समस्या दोहोरिने चिन्तामा रहेका छन् । तर वाईको कम्पनीले भने ५० अर्ब नै कारोबार भएता पनि केही समस्या नहुने र लगानीकर्ता तथा ब्रोकरलाई ढुक्क हुन आग्रह गरेको छ । वाईको कम्पनीका एक अधिकारी अमृत आचार्यले भने अहिले दैनिक ८ लाखदेखि १० लाख सम्मको अर्डर प्लेस हुने गरेको बताए । ‘सर्किट ब्रेक लागेको दिन ५ प्रतिशतको बढोत्तरी पछि दोहोर अर्डर बसेर केही समस्या देखिएको थियो ।  लगानीकर्ता ढुक्क भए हुन्छ टीएमएसमा अब कुनै समस्या हुन्न् । आज भएको अल टाइम हाइ कारोबारमा त्यस्तो केही पनि समस्या भएन र अब पनि हुँदैन,’ आचार्यले भने । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.