लगानीकर्ताको मनोबल खस्किदा ५ महिनामा सेयर कारोबार ३९.२१% ले घट्यो, सर्वाधिक फाइनान्स र निर्जीवन बीमा समूहको
काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपाली पूँजीबजारलाई प्रत्यक्ष असर पारेको छ । विशेषगरी आन्दोलनपश्चात् नेपालको राजनीतिक क्षेत्रमा देखिएको अस्थिरताले सेयर लगानीकर्ताहरुमा कन्फिडेन्ट घटाएका कारण सेयरबजारले लय लिन सकिरहेको छैन ।राजनीतिक अस्थिरता र सामाजिक आन्दोलनका घटनाले सेयरबजारलाई छोटो अवधिमै ठूलो असर पार्ने हुँदा लगानीकर्ताहरुमा मनोबल बढ्न...

