बुधबार, असार १०,२०८३ 08:41:33
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:41:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगानीकर्ताको मनोबल खस्किदा ५ महिनामा सेयर कारोबार ३९.२१% ले घट्यो, सर्वाधिक फाइनान्स र निर्जीवन बीमा समूहको

Laxmi Sunrise Bank Limited
लगानीकर्ताको मनोबल खस्किदा ५ महिनामा सेयर कारोबार ३९.२१% ले घट्यो, सर्वाधिक फाइनान्स र निर्जीवन बीमा समूहको

काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपाली पूँजीबजारलाई प्रत्यक्ष असर पारेको छ । विशेषगरी आन्दोलनपश्चात् नेपालको राजनीतिक क्षेत्रमा देखिएको अस्थिरताले सेयर लगानीकर्ताहरुमा कन्फिडेन्ट घटाएका कारण सेयरबजारले लय लिन सकिरहेको छैन ।

राजनीतिक अस्थिरता र सामाजिक आन्दोलनका घटनाले सेयरबजारलाई छोटो अवधिमै ठूलो असर पार्ने हुँदा लगानीकर्ताहरुमा मनोबल बढ्न नसकिरहेको अवस्था छ ।आन्दोलनपछि राजनीतिक अनियमितता र अस्थिरताको कारणले सेयर लगानीकर्ताहरु निर्धक्कसँग बजारमा लगानी गर्ने वातावरण नहरेको भन्दै पर्ख र हेरको अवस्थामा छन् ।

यसैकारण पछिल्लो समय सेयरबजारमा कारोबार रकम बढ्न सकिरहेको छैन । ठूला तथा दीर्घकालिन लगानीकर्ताहरुको सक्रियता कम देखिनु र अधिकांश बुझ्ने लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको कारण सेयर कारोबार रकम खुम्चिदै गइरहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ५ महिनामा ६ खर्ब ११ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको छ, जुन गत आवको सोही अवधिसम्मको तुलनामा ३९।२१ प्रतिशत कम हो ।

 

 

New Office
CG Motors
Garima Development Bank

गत आवको ५ महिनामा सेयरबजारमा १० खर्ब ५ अर्ब ९३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको थियो । यस हिसाबमा गत आवको तुलनामा यस आवमा कारोबार रकम ३ खर्ब ९४ अर्ब ४६ करोड रुपैयाँ घटेको छ ।

पछिल्लो समय सेयर लगानीकर्ताहरुमा सेयरबजारप्रति अनिश्चितता वा डर कायम भएकोले कारोबार बढ्न नसकिरहेको अवस्था छ । नेप्सेमा विभिन्न नयाँ कम्पनीहरु धमाधम आएपनि कारोबार रकम बढ्न सकिरहेको छैन ।

विशेषगरी राजनीतिक अस्थिरताका कारण अहिले दीर्घकालिन लगानी गर्ने लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको एक सेयर विज्ञले बताए । ‘अहिले बजारमा जति पनि कारोबार भइरहेको छ, त्यो सबै ट्रेडरहरुको कारोबार हो, अहिले बजार दीर्घकालिन लगानी गर्ने लगानीकर्ताहरु लगानी गर्न डराइरहेको अवस्था छ’ उनले भने, ‘सेयरबजारलाई राजनीतिक विषयले प्रत्यक्ष प्रभाव पार्ने हुँदा जेनजी आन्दोलनपछि देखिएको राजनीतिक अस्थिरताले आम लगानीकर्ताको मनोबल खुम्चिदा कारोबार रकम समेत घट्न पुगेको हो ।’

नेप्सेमा रहेका १३ समूहमध्ये गत आवको तुलनामा अन्य समूह र उत्पादन तथा प्रशोधन समूहको सेयर कारोबार मात्रै बढेको देखिएको छ भने बाँकी ११ वटा समूहको सेयर कारोबार घटेको छ ।

सबैभन्दा बढी फाइनान्स समूहको सेयर कारोबार ८६.५२ प्रतिशतले घटेको छ । गत आवको मंसिर महिनासम्ममा यो समूहको १ खर्ब २१ अर्ब ८१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा चालु आवको यस अवधिसम्म जम्मा १६ अर्ब ४२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस हिसाबमा फाइनान्स समूहको सेयर कारोबार गत आवको तुलनामा एक खर्ब ५ अर्ब ३९ करोड रुपैयाँले घटेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत वर्ष फाइनान्स समूहमा केही सेयर लगानीकर्ता र सेयर खेलाडीहरु निर्क आकर्षित थिए । फाइनान्स समूहमा लो क्याप भएका कम्पनीको सेयरभाउ उचाल्ने र सोझालाई भिडाएर उम्किने प्रवृत्ति हाबी थियो । जसकारण यो समूहको कारोबार रकम ह्वात्तै बढ्न पुगेको थियो । ठ्याक्कै एक वर्षपछि यो समूहको कारोबार रकम झण्डै शतप्रतिशतले घट्न पुगेको छ । जेनजी आन्दोलनपश्चात् प्राय सबै समूहमा रौनक हराउँदै गएपछि सबैभन्दा यसको असर फाइनान्स समूहका देखिएको हो ।

त्यस्तै, निर्जीवन बीमा समूहको कारोबार रकम पनि ७०।३१ प्रतिशतले घट्न पुगेको छ । गत आवको ५ महिनामा ४६ अर्ब ५६ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको यो समूहको चालु आवमा जम्मा १३ अर्ब ८२ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

जेनजी आन्दोलनले सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको कारण निर्जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानीको दायित्व चु्लिन थालेपछि निर्जीवन बीमकहरुको सेयरभाउ ह्वात्तै घट्न पुग्यो । साथै यो समूहको दायित्व बढ्दै जाँदा लगानीकर्ताहरुमा अब निर्जीवन बीमा कम्पनीहरुले लाभांश समेत बाँड्न नसक्ने आँकलन लगाउँदै सेयर कारोबारमा समेत असर परेको देखिएको हो ।

केही समययता यो समूहको खासै कारोबार भएको देखिँदैन । लगानीकर्ताहरु आफुसँग भएको निर्जीवन बीमा कम्पनीको सेयर होल्ड गरेको बसेको देखिन्छ, जसकारण पछिल्लो समय यो समूहको कारोबार बढ्न सकिरहेको छैन ।

यसका साथै व्यापार समूहको सेयर कारोबार ६९.९३ प्रतिशत, जीवन बीमा समूह ५२.७९ प्रतिशत, वाणिज्य बैंक समूहको ५२.१८ प्रतिशत, लगानी समूहको ४४.४४ प्रतिशत, होटल तथा पर्यटन समूहको ४२.२२ प्रतिशत, विकास बैंक समूहको ३६.६३ प्रतिशत, हाइड्रो समूहको २६.६४ प्रतिशत, माइक्रोफाइनान्स समूहको २५.४७ प्रतिशत र म्युचुअल फण्ड समूहको २४.०४ प्रतिशतले घटेको छ ।

यता अन्य समूहको कारोबार भने २०.३८ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनासम्ममा ४८ अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको यो समूहको चालु आवमा ५८ अर्ब १३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको पनि २.०३ प्रशितले बढेका छ । गत आवमा यो समूहको ४५ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा चालु आवमा ४६ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.