काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा गरिमा विकास बैंक र सुपर मादी हाईड्रोको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा गरिमा विकास बैंकको ६ प्रतिशत बोनस सेयर अर्थात ३४ लाख ८ हजार ३१० कित्ता र सुपर मादी हाईड्रोको ५ प्रतिशत अर्थात ११ लाख २ हजार ५ सय कित्ता गरी कुल ४५ लाख १० हजार ८१०.४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि यी कम्पनीहरुको बोनस सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेछन् ।

