बिहीबार, बैशाख ३१,२०८३ 11:00:49
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:00:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर बजारका दुई टोलीले अर्थमन्त्री भेटेपछि परस्परविरोधी दाबी

एउटा भन्छ-'डा. खतिवडाजस्तै अनुदार देखिए', अर्को भन्छ-'डा. वाग्ले बजारप्रति साह्रै सकारात्मक हुनुहुँदो रहेछ'

Laxmi Sunrise Bank Limited
सेयर बजारका दुई टोलीले अर्थमन्त्री भेटेपछि परस्परविरोधी दाबी
Shivam Cement

काठमाण्डौ । रास्वपाको सरकार बनेपछि बजारमा दैनिकजसो ठूलो पहिरो गइरहेको छ । लगानीकर्ताहरुले सरकार गठन भएपछि कारोबार भएका ४ मध्ये तीन दिन नेप्सेमा ठूला ठूला पहिरो व्यहोरेका छन् । यो क्रममा उनीहरुले अरबौं सम्पत्ति गुमाइसकेका छन् । 

बालेन शाहको नेतृत्वमा सरकार बनेलगत्तै बजारमा उछालको आशा गरेर बसेका लगानीकर्ताहरु अहिले पोर्टफोलियो दुब्लाएर पुर्परोमा हात राख्नुपर्ने अवस्थामा पुग्न थालेका छन् । आम अपेक्षाविपरीत लगानीकर्तालाई समेत झुक्याउँदै बजारले दैनिक 'नेगेटिभ सरप्राइज' दिइरहेको छ ।  

यो क्रममा सर्वसाधारण लगानीकर्ताहरुले बालेन नेतृत्वको सरकारको पूँजीबजारप्रतिको नीतिप्रति आशंका व्यक्त गर्दै तत्काल अर्थमन्त्री बोल्नुपर्ने र बजारका समस्याहरुको सम्बोधन गर्नुपर्ने आवाज उठाइरहेका छन् । सामाजिक सञ्जालभरि अर्थमन्त्रीको विरोध पनि सुरु हुन थालिसकेको छ । धेरैले 'चुपचाप, घण्टी छाप, पोर्टफोलियो हाफ' भन्दै भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुईतिहाई बहुमत ल्याएको राष्टिय स्वतन्त्र पार्टीको समेत चर्को विरोध गर्न थालेका छन् । 

Bizshala
New Office
CG Motors

त्रासको यही वातावरणबीच अर्थमन्त्रीलाई सिंहदरबारमा गएर भेट्ने र बजारका समस्या सम्बोधनका लागि झकझक्याउने प्रयासहरु पनि सुरु भएका छन् । बुधबार अगुवा लगानीकर्ता तथा सांसद सम्मिलित दुई टोलीले अर्थमन्त्रीलाई यिनै विषयमा भेटेर छलफल गर्यो । अर्थमन्त्रीलाई भेटेपछि लगानीकर्ता सम्मिलित टोली रिसाएर फर्किएको छ । सो टोलीमा सहभागीहरुले अर्थमन्त्री बजारप्रति गम्भीर नभएको निश्कर्ष निकाल्दै अहिले आक्रोश ओकलि रहेका छन् । त्यसको ठीक विपरीत सांसद नेतृत्वको टोलीले चाहिँ अर्थमन्त्रीको बजारप्रति धारणा स्पष्ट रहेको भन्दै समस्या समाधानका लागि पहल सुरु भइसकेको दाबी गरेको छ ।  

एउटाको भनाईअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रालयका सचिव र सम्बन्धित महाशाखालाई भनेर पूँजीबजारको समस्याको विषयमा सरोकारवाला निकायहरुबीच तत्काल छलफल बोलाउन आश्वासन दिएका छन् ।  

डा. वाग्लेले धितोपत्र बोर्ड, नेप्से लगायतका निकायका प्रमुखलाई बोलाएर अर्थसचिवको नेतृत्वमा छलफल गर्न लगाउने र त्यहाँबाट आएका विषय शीघ्र कार्यान्वयनका लागि निर्देशन दिने आश्वासन दिएका हुन् ।  

लगानीकर्ताहरुले भने अर्थमन्त्री स्वयम्ले विभिन्न हल्लाहरुबाट डराएकाहरुलाई तत्काल सम्बोधन गर्नुपर्ने र बजार सुधारको गम्भीर कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।  

जवाफमा अर्थमन्त्रीले आफूले तत्काल कुनै निर्णय नगर्ने अडान लिँदै सेयर बजारमा हुने उतारचढावलाई 'स्वभाविक' मान्नुपर्ने जिकिर गरेका थिए । 'म ५ वर्षका लागि अर्थमन्त्री भएको हुँ । पूँजीबजारलाई ५ वर्षभित्र बलियो र आधुनिक बनाउने कुरामा तपाईहरु ढुक्क हुनुहोला । तर, बजार घट्नेबित्तिकै दौडिएर अर्थमन्त्रालय आइहाल्ने, अर्थमन्त्रीले बोलिहाल्नुपर्ने विषय उचित होइन । बजारलाई आफ्नो लयमा हिँड्न दिनुपर्छ ।' अर्थमन्त्रीको भनाई उद्धृत गर्दै समस्या लिएर मन्त्रालय पुगेका एक अगुवा लगानीकर्ताले बिजशालासँग भने-'हामीले आत्तिनुपर्ने कुरा केही छैन भने लगानीकर्तालाई आश्वस्त गरिदिनुस् भन्दा पनि उहाँले मान्नुभएन । धेरै नै जोडबल गरेपछि बल्लतल्ल अर्थसचिव, धितोपत्र बोर्ड, नेप्से, बित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा लगायतलाई सक्रिय बनाएर समस्या पहिचान गर्ने कुरा गर्नुभयो । ती निकायको छलफलबाट निस्किएको निश्कर्ष पनि उनीहरुले नै कार्यान्वयन गर्ने भएकोले यसमा उहाँ आफूले टाउको दुखाउने काम गर्दिँन भन्नुभयो ।' 

Garima Development Bank
Shivam Cement
IME remit

टोलीमा सहभागी लगानीकर्ताका ती नेताले अर्थमन्त्रीसँगको भेटको निश्कर्ष सुनाउँदै बिजशालासँग भने- 'अर्थमन्त्रीमा पूँजीबजारप्रति थोरै पनि गम्भीरता देखेनौं । डा. वाग्ले र डा. युवराज खतिवडा बजारका लागि उस्तै लाग्यो हामीलाई । रास्वपाले पनि बाचापत्रमा लेख्नका लागि मात्रै बजारका इस्यूहरु लेखेजस्तो आज अर्थमन्त्रीलाई भेट गरेपछि महसुस भयो । अन्तरनिकाय समन्वय पनि उस्तै भताभुंग देखियो । अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच, यी दुवै मन्त्रालयको पार्टीबीच कुनै समन्वय नै देखिएन । 'हाम्रो ५ वर्षको प्लान छ' भन्दै अर्थमन्त्री पन्छिनुभयो । हामी निराश भएर फर्कियौं ।'  

तर आजै पूँजीबजारका समस्याहरुको विषयमा रास्वपाका सांसद हरि ढकाल नेतृत्वको टोलीले पनि अर्थमन्त्री डा. वाग्लेसँग छलफल गरेको थियो । टोलीमा सहभागी लगानीकर्ता गोपाल स्वामीले चाहिँ अर्थमन्त्री डा. वाग्ले बजारप्रति आफूले निकै सकारात्मक पाएको बताए । 'उहाँले ५ वर्षको स्थायी सरकार हो, पूँजीबजारलाई बलियो बनाउने हाम्रो स्पष्ट योजना छ । त्यसकारण अहिले नै अत्तालिइहाल्ने अवस्था नरहेको कुरा प्रष्ट राख्नुभयो ।' स्वामीले भने-'उहाँले ५ वर्षभित्र नेप्सेको पुनरसंरचना गरी नेपाली सेयर बजारलाई पनि भारतको जस्तो बलियो र प्रविधिमैत्री बनाउने आफ्नो अवधारणा समेत सुनाउनुभयो ।'  

अर्थमन्त्रीले सो भेटका क्रममा भोलि(बिहीबार) नै मन्त्रालयका सचिवको नेतृत्वमा वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखा, धितोपत्र बोर्ड, नेप्से लगायत सरकारी निकायका उच्च अधिकारीहरुलाई बोलाएर बजारको समस्याको विषयमा छलफल गरी तत्काल गर्नसकिने सम्बोधनयोग्य विषयहरुलाई कार्यान्वयनमा लैजाने गरी आफूले निर्देशन दिइसकेको समेत बताएका गोपाल स्वामीको दाबी छ ।  

'बजारमा चलेको हल्लाजस्तो होइन रहेछ । हामीले अर्थमन्त्री पूँजीबजारप्रति निकै स्पष्ट र सकारात्मक पायौं ।'- भेटको निश्कर्ष सुनाउँदै उनले थपे ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.