बुधबार, मंसिर ९,२०८३ 12:08:12
  • बुधबार, मंसिर ९,२०८३ 12:08:12
Global IME Bank Limited

अमेरिकामा समुद्रमा खस्यो यात्रुवाहक विमान, दुई बालबालिकासहित ६ जनाको मृत्यु

Bizshala
अमेरिकामा समुद्रमा खस्यो यात्रुवाहक विमान, दुई बालबालिकासहित ६ जनाको मृत्यु
New Office

 

काठमाण्डौ । अमेरिकाको मिसिसिपी राज्यस्थित हर्न आइल्यान्ड नजिक समुद्रमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो लुइजियानाको न्यू ओरलिन्सबाट फ्लोरिडाको फोर्ट मायर्सतर्फ उडेको सेस्ना सेन्टुरियन २१० विमान अचानक समुद्रमा खसेको हो।

अमेरिकी कोस्ट गार्डका अनुसार दुर्घटनामा चार वयस्क र ८ देखि १० वर्ष उमेरका दुई बालबालिकाले ज्यान गुमाएका छन्। दुर्घटनाग्रस्त विमानको मुख्य भागभित्रै सबै ६ जनाको शव फेला परेको छ।

मिसिसिपी समुद्री स्रोत विभागका गोताखोरहरूले मंगलबार साँझ विमानको भग्नावशेषभित्र शव फेला पारेका थिए। त्यसपछि खोजी तथा उद्धार अभियान समाप्त गरिएको अमेरिकी कोस्ट गार्डले जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

८ हजार ८०० फिट उचाइबाट अचानक खस्यो विमान

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४ को विवरणअनुसार विमान न्यू ओरलिन्सबाट उडेको करिब ३० मिनेटपछि दुर्घटनामा परेको थियो।

विमान मिसिसिपीको पास्कागुला क्षेत्रको दक्षिणतर्फ करिब ८ हजार ८०० फिट उचाइमा उडिरहेको अवस्थामा अचानक तीव्र गतिमा तल झर्न थालेको थियो।

ट्र्याकिङ विवरणले दुर्घटनाअघि विमान प्रतिमिनेट करिब १८ हजार फिटको दरले तल झरिरहेको देखाएको छ। त्यसको केही समयमै विमानको ट्र्याकिङ संकेत बन्द भएको थियो।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले विमानसँग सञ्चार सम्पर्क टुटेपछि मंगलबार दिउँसो करिब ३ः४५ बजे अमेरिकी कोस्ट गार्डलाई जानकारी गराएको थियो।

त्यसलगत्तै समुद्री क्षेत्रमा खोजी तथा उद्धार अभियान सञ्चालन गरिएको थियो।

खोजीका क्रममा उद्धार टोलीले समुद्रबाट तीनवटा लाइफ ज्याकेट, एउटा लाइफ र्‍याफ्ट र विमानको केबिन फेला पारेको थियो। त्यसपछि गोताखोरहरूले विमानको मुख्य संरचनाभित्र खोजी गर्दा सबै यात्रुको शव भेटिएको हो।

दुर्घटनाको कारण रहस्यमै, अनुसन्धान सुरु

विमान किन अचानक तीव्र गतिमा तल झर्‍यो भन्ने विषय अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले दुर्घटनाको अनुसन्धानको नेतृत्व गर्ने भएको छ। संघीय उड्डयन प्रशासनले पनि अनुसन्धानमा प्राविधिक सहयोग गर्ने जनाएको छ।

अनुसन्धानका क्रममा विमानको प्राविधिक अवस्था, उडानसम्बन्धी तथ्यांक, मौसमको अवस्था तथा दुर्घटनाअघिको परिस्थितिको विश्लेषण गरिने अपेक्षा गरिएको छ।

विमान दुर्घटनाग्रस्त भएको हर्न आइल्यान्ड मिसिसिपीको बिलोक्सीबाट करिब १२ समुद्री माइल टाढा अवस्थित निर्जन टापु हो।

करिब १० माइल लामो उक्त टापु गल्फ आइल्यान्ड्स नेसनल सिसोर नामक संरक्षित क्षेत्रअन्तर्गत पर्दछ। निजी डुङ्गाबाट मात्रै पुग्न सकिने यो टापु पर्यटकीय गतिविधिका लागि परिचित छ।

दुर्घटनामा मृत्यु भएकाहरूको पहिचानसम्बन्धी विस्तृत विवरण सार्वजनिक भएको छैन। दुर्घटनाको वास्तविक कारण भने अनुसन्धान पूरा भएपछि मात्रै खुल्नेछ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.