काठमाडौं । नेपाली बजारमा लगातार दुई दिन बढेको सुन–चाँदीको मूल्य आज भने ह्वातै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।